• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १७, बुधबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

५९ मिनेट अघि
२

नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

१ घण्टा अघि
३

इन्द्रजात्रामा १७ वर्षीय सनिको चक्कु हानेर हत्या गर्नै २ युवतीसहित ४ जना पक्राउ

१ घण्टा अघि
४

सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप

३ घण्टा अघि
५

सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

३ घण्टा अघि
६

बझाङमा भूकम्पमा परी ५ जना घाइते, राजमार्ग अवरुद्ध

२१ घण्टा अघि
७

नेपालगञ्जमा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन

२३ घण्टा अघि
८

राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति एमाले अध्यक्ष ओलीको बिरोध

१ दिन अघि
९

नेपालगञ्जमा कर्फ्यु जारी

१ दिन अघि
१०

चीनबाट फण्ड लिएको आरोप भारतीय पत्रकारहरुको घरमा प्रहरीको छापा

१ दिन अघि
११

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

१ दिन अघि
१२

आजको प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष ओली बोल्ने

१ दिन अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

१ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
५

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

२ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

१ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

२ साल अघि
१०

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
११

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

७ महिना अघि
१२

प्रदेशभर सार्वजनिक बिदा दिएर प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ फागुन १, आईतबार (१ साल अघि)

सार्दिखोला–घाचोकमा पक्की मोटरेबल पुल : स्थानीयवासी खुसी

  • २२१ पटक पढिएको
  • पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाका पुष्पराज गौतम गाउँपालिकाको कार्यालय जानुपर्दा पोखरा भएर जाने–आउने गर्छन् । गाउँपालिकाको केन्द्र लाहाचोकमा आवत जावत गर्दा हिउँदयाममा सेती नदीमा अस्थायी संरचनाबाट वारपार गर्न सकिने भए पनि बर्खा लागेपछि सार्दिखोलावासीका दुःखका दिन सुरु हुन्छन् ।

    माछापुच्छ्रे का नौ वडामध्ये वडा नं २ लाई मात्र सेती नदीले छुट्याएको छ । सेतीको रातोपानीमा झोलुङ्गे पुलबाट यात्रु वारपार गरे पनि पक्की पुल नहुँदा बर्खामा गाडी वारपार गर्न सक्दैनन् । बर्खायाम सुरु भएसँगै गाउँपालिकाको केन्द्र पुग्न गौतमजस्तै स्थानीयवासीलाई पोखरा भएर जानुपर्ने बाध्यता हुन्छ ।

    गाउँपालिकाको केन्द्र जोड्ने सार्दिखोला–घाचोक सेती नदीमा मोटरेबल पुल नहुँदा सार्दिखोलावासीले हैरानी व्यर्होदै आए पनि अहिले दुई वडा जोड्ने गरी सेती नदीमा पक्की मोटरेबल पुलको काम सुरु भएको छ । पुलको काम धमाधम हुँदै गर्दा सार्दिखोलावासी पनि उत्साहित भएका छन् ।

    उनले भने, “हामीलाई आफ्नै गाउँपालिकाको कार्यालयसम्म जान पनि निकै सास्ती थियो । पन्ध्र मिनेटमा पुगिने कार्यालय जान पुरुन्चौर हुँदै घुमरे जाँदा एक घण्टा समय लाग्ने गरेकामा पुलको काम सुरु भएपछि वडावासीमा खुसी छाएको छ ।”

    सार्दिखोलावासीले विसं २०७४ स्थानीय तह पुनःसंरचनाका बेलैमा सेती नदीमाथि रातोपानीमा पुल बन्नुपर्ने माग उठाएका थिए । पुल नहुने हो भने पोखरामा मिसिनुपर्ने मागसमेत उनीहरुको थियो । तत्कालीन जिल्ला विकास समितिबाट पुल निर्माणको प्रतिबद्धतापछि सार्दिखोलावासीले माछापुच्छ्रेमा मिसिन तयार भए पनि प्रतिबद्धताअनुसार पुल नबनेपछि निरास बने ।

    गण्डकी प्रदेश सरकार स्थापनापछि पहिलो वर्षमा पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) का लागि रु ७५ लाख विनियोजन गरिएको थियो । तर पटकपटक डिजाइन परिर्वतन भएपछि पुलको काम अघि बढ्न सकेको थिएन । अहिले पुलको काम धमाधम सुरु भएको छ । सोही वडाका वडाध्यक्ष विक्रम गुरुङले रातोपानीमा पक्की मोटरेबल पुलको माग धेरै पहिलादेखि नै गरिएको जानकारी दिए । गाउँपालिका पुग्नका लागि समेत दुःख हैरानी भोग्नुपरेपछि सङ्घ र प्रदेश सरकारसँग पुलको योजना माग गरिएको उनले बताए ।

    उनले भने, “पुलको काम सुरु भएपछि वडावासी सबै खुसी भएका छन् । तोकिएको समयभित्रै गुणस्तरीय हिसाबले पुल निर्माणको काम सम्पन्न गर्न वडाको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्नेछौँ ।” प्रदेश सरकारको रु १० करोड २८ लाख ५७ हजार लागतमा ७० मिटर लामो र साढे १० मिटर फराकिलो पुलको काम सुरु भएको हो । पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख महेन्द्र बानियाँले हालसम्म पुलको २० प्रतिशत आर्थिक र १० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।

    विसं २०८० साउन २४ गतेभित्रमा काम सम्पन्न गर्ने गरी गत साउन २५ गते हिमदुङ थोकर, रामजानकारी जेभी काठमाडौँसँग ठेक्का सम्झौता गरिएको उनले बताए । प्रदेश सरकारको पहिलो वर्ष पुलको डिपिआरका लागि बजेट विनियोजन भए पनि पछिल्लो समय स्रोत अभावमा योजना कार्यान्वयनमा ढिलाइ भएको सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य एवं हालका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए ।

    सार्दिखोला, घाचोक, लाहाचोक र साविक माछापुच्छ्रे गाविससहित पोखराको उत्तर–पश्चिम क्षेत्रका नागरिकसमेत पुल बनेपछि लाभान्वित हुने र यस पुलको महत्व धेरै रहेको उनको भनाइ छ । अर्थमन्त्री बरालले भने, “योजनाको कूल लागतको २० प्रतिशत स्रोत नहुँदासम्म बहुवर्षीय योजना अघि नबढाउने सरकारको नीतिले पनि योजना कार्यान्वयनमा ढिलाइ भयो, रातो किताबमा योजना प-यो तर कार्यान्वयनमा नजाँदा जनतामा निराशा आउनु स्वाभाविक हो । धेरै मेहेनतपछि यस वर्ष पुलको स्रोतको सुनिश्चित भएको छ, अब काम अघि बढ्छ ।”

    अर्थमन्त्री बरालले माछापुच्छ्रे का धिप्राङ र मर्दीखोलामाथि पनि पक्की पुल निर्माणको योजना प्रदेश सरकारको रहेकाले पुल बनेपछि गाउँपालिकाका नौवटै वडा हिउँद÷बर्खामा पनि सडक सञ्जालबाट जोडिने जानकारी दिए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    ५९ मिनेट अघि

  • २

    नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
    १ घण्टा अघि

  • ३

    इन्द्रजात्रामा १७ वर्षीय सनिको चक्कु हानेर हत्या गर्नै २ युवतीसहित ४ जना पक्राउ
    १ घण्टा अघि

  • ४

    सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप
    ३ घण्टा अघि

  • ५

    सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल
    ३ घण्टा अघि

  • ६

    बझाङमा भूकम्पमा परी ५ जना घाइते, राजमार्ग अवरुद्ध
    २१ घण्टा अघि

  • ७

    नेपालगञ्जमा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन
    २३ घण्टा अघि

  • ८

    राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति एमाले अध्यक्ष ओलीको बिरोध
    १ दिन अघि

  • ९

    नेपालगञ्जमा कर्फ्यु जारी
    १ दिन अघि

  • १०

    चीनबाट फण्ड लिएको आरोप भारतीय पत्रकारहरुको घरमा प्रहरीको छापा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

    नेपाल नक्सा
    २

    विमल घर्तीमगर पनि विदेश पलायन

    नेपाल नक्सा
    ३

    नेपालगञ्जमा कर्फ्यु जारी

    नेपाल नक्सा
    ४

    भारतसँग नेपाल २३ रनले पराजित

    नेपाल नक्सा
    ५

    काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक विदा

    नेपाल नक्सा
    ६

    मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution