
काठमाडौँ । अहिले देशमा पश्चिमी र स्थानीय वायुको प्रभावका साथै पूर्वी भाग नजिक बनेको न्यून चापीय प्रणालीको असर देखिएको छ। यसका कारण सोमबार विभिन्न ठाउँमा आंशिक बदली भएको मौसम विभागले जनाएको छ।
आज दिनभर कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने अन्य ठाउँमा मौसम प्रायः सफा रहनेछ।
आज राति भने केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। विशेषगरी कोशी प्रदेशका धेरै ठाउँ र अन्य प्रदेशका केही पहाडी क्षेत्रमा वर्षा हुन सक्छ।
केही उच्च पहाडी क्षेत्रमा भने भारी वर्षा वा हिमपात पनि हुन सक्ने भएकाले सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे