२०८० मंसिर १४, बिहिबार
काठमाडौँ , ७ जेठ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरू हुँदै छ ।
आज बस्ने दुवै सदनको बैठकमा सरकारले आगामी आर्थिक वर्ष ०८०–८१ का लागि ल्याएको नीति था कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई निकास दिन नसक्ने ठहर गर्दै एमाले संसदीय दलले नीति तथा कार्यक्रम पारित गर्न नदिने निर्णय गरिसकेको छ ।
प्रमुख सचेतक गिरीले, सरकारले मुलुकको अहिलेको अर्थतन्त्रको समस्या समाधान गर्नेभन्दा पनि जनतालाई भ्रममा पार्ने किसिमले नीति तथा कार्यक्रम ल्याएकाले एमालेले त्यसको विरोध गर्ने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे