२०८० आश्विन १७, बुधबार
प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नको उत्रर दिदै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भए लगत्तै माओवादी प्रमुख सचेतक देव गुरुङ, एमाले सांसद भीम रावल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आपत्ति जनाउनुभएको हो।एमसीसीमा राष्ट्रिय सहमति गरेर मात्र कार्यसूची तय गर्नुपर्नेमा सबै नेता जोड दिनुभएको थियो।
त्यस लगत्तै अर्थमन्त्रालयको तर्फबाट सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेश गर्नुभएको हो। प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट तर्फबाट सञ्चार तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि पेश गर्नुभएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे