
काठमाडौं – राष्ट्रिय सभाको बैठक बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १:१५ बजे सुरु हुनेछ। बैठकमा प्रतिनिधि सभाबाट आएका आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सम्बन्धी सन्देश राष्ट्रिय सभाका सचिवले प्रस्तुत गर्ने कार्यसूची छ। त्यसपछि विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेटमाथि छलफल हुनेछ। आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेटबारे सांसदहरूले छलफल गर्नेछन्।
साथै, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको बजेट शीर्षकमाथि पनि विचार–विमर्श हुनेछ। छलफलका क्रममा सांसदहरूले सम्बन्धित मन्त्रालयको बजेट, कार्यक्रम र खर्चका प्राथमिकताबारे आफ्नो धारणा राख्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे