२०८० मंसिर १७, आईतबार
काठमाडौंँ, ७ साउन । विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलर साट्न पाउने भएका छन् ।
राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो ।
हाल भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १ हजार ५०० सम्म सटही सुविधा उपलव्ध गराउन गरिएको थियो ।
उक्त सीमा बढाएर २ हजार ५ सय अमेरिकी डलर पुर्याइएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे