२०८० आश्विन ११, बिहिबार
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कानून बिपरितको निर्णयले पछिसम्म दुख दिइरहने बताएका छन् । थापाले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रि तथा पाटी सभापति शेरबहादुर देउवाले गजेन्द्र हमाललाई मन्त्री बनाएको प्रति लक्षित गरी कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्नेमा हेक्का नराखेको प्रति असहमति जनाएका हुन् ।
थापाले लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र नपुग्ने बताउदै त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउने तर्क गरेका छन् ।
उनले हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो ? भन्दै प्रश्न पनि गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका, ‘ हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो?लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन।त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ।नत्र कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको ?’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे