२०८० आश्विन १४, आईतबार
काठमाडौँ —केहि समय यता हरेक दिन रोजगारको खोजीममा भिजिट भिसामा पुगेर अलपत्र परेका नेपाली भन्ने समचार आइरहेको छ । यहि समस्याको समाधान लगि नेपाल सरकार जुटेको छ।अलपत्र परेका नेपालीको व्यवस्थापनको लागि आउदो साता सरकारको प्रतिनिधित्व गर्दै श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई जादै हुनुहुन्छ । वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ
।मन्त्री श्रेष्ठले आइतबार नेपालका लागि यूएई का राजदूत साइद हमदान अल नाकीसँग छलफल गरेका थिए ।छलफलमा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे