२०८१ बैशाख १८, मंगलबार
काठमाडौैँ , १३ बैशाख |नेपाल राष्ट्र बैंकले सूचना जारी निम्न विषयमा अनुरोध गरेको छ।
नेपालमा Virtual Currency/Cryptocurrency ले कानुनी मान्यता नपाएको, कानुनी ग्राह्य(Legal Tender) नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको, केन्द्रीय बैंकले निष्कासन नगरेको तथा कुनै सुरक्षण नभएको हुँदा यो गैरकानुनी हो ।
Virtual Currency/Cryptocurrency (Stablecoins समेत) Network Marketing तथा Hyper Fund मा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, पुँजी पलायन, मूल्यमा अस्थिरता, सट्टेबाजी आदि जोखिमहरू अन्तरनिहित हुन्छन् ।
स्वदेशी पुँजी पलायन हुने, विदेशी मुद्रा अपचलन हुने, अर्थव्यवस्थालाई हानी पुर्याउने यस कारोबारमा स्वदेश तथा विदेशमा बस्ने नेपालीहरु संलग्न हुनु हुँदैन ।
नियमन/निगरानी नरहेको यस गैरकानुनी वित्तीय कारोेबार नगरौं । ठगीबाट बचौं
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे