• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १७, बुधबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नयाँ नेपाली वेव सिरिज भैरबीको प्रशारण सुरु

२ घण्टा अघि
२

जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

५ घण्टा अघि
३

नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

५ घण्टा अघि
४

इन्द्रजात्रामा १७ वर्षीय सनिको चक्कु हानेर हत्या गर्नै २ युवतीसहित ४ जना पक्राउ

५ घण्टा अघि
५

सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप

८ घण्टा अघि
६

सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

८ घण्टा अघि
७

बझाङमा भूकम्पमा परी ५ जना घाइते, राजमार्ग अवरुद्ध

१ दिन अघि
८

नेपालगञ्जमा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन

१ दिन अघि
९

राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति एमाले अध्यक्ष ओलीको बिरोध

१ दिन अघि
१०

नेपालगञ्जमा कर्फ्यु जारी

१ दिन अघि
११

चीनबाट फण्ड लिएको आरोप भारतीय पत्रकारहरुको घरमा प्रहरीको छापा

१ दिन अघि
१२

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

१ दिन अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

१ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
५

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

२ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

१ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

२ साल अघि
१०

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
११

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

७ महिना अघि
१२

प्रदेशभर सार्वजनिक बिदा दिएर प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर २०, सोमबार (१ साल अघि)

बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट खपत हुने गरी पूर्वाधार बनाउने

Industrial corridor

  • ५०२ पटक पढिएको
  • काठमाडौं– नेपाल विद्युत प्राधिकरणले उत्पादित बिजुली मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट खपत हुने गरी पूर्वाधार बनाउने भएको छ ।

    बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगन्ज, परवानिपुर, पोखरिया, प्रसौनी लगायत क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्ष्य गरी प्राधिकरणले व्यापक रुपमा विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो ।

    प्राधिकरणले मुख्य रुपमा उद्योगहरुलाई मागे जति भरपर्दो र गुणस्तरीय बिजुली दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको जनाएको छ । प्राधिकरणले तराई क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै ४०० केभी प्रसारण लाइन निर्माणको अवधारण अगाडि बढाएको छ ।

    सिमरा र वीरगन्ज क्षेत्रका उद्योगहरुको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानिपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको छ । काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झण्डै दोब्बर हुने भएकोले उद्योगहरुलाई थप विद्युत् आपूर्ति दिन सकिने छ ।

    निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सब स्टेसन बनाउन लागिएको छ ।

    प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत सिमरा, परवानिपुर क्षेत्रमा सञ्चालित उद्योगहरुलाई तत्काल दुई सय मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । त्यस क्षेत्रमा सञ्चालित स्टिल उद्योगहरुले क्षमता विस्तारका लागि थप बिजुली माग गर्दै आएका छन् ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुको अनुगमन भ्रमण र उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरी विद्युत् मागको हालको अवस्था र भविष्यको अवश्यकताका विषयमा जानकारी लिएका छन् ।

    कार्यकारी निर्देशिक घिसिङले वीरगन्ज उद्योग वाणिज्य संघ र जीतपुर नगर उद्योग वाणिज्य संघका पदाधिकारीसँग छुट्टाछुट्टै अन्तरक्रिया गरेका थिए ।
    सञ्चालनमा रहेका सबस्टेसन र उद्योगहरुको भ्रमण गरेपछि कार्यकारी निर्देशक घिसिङले उद्योगहरुलाई अहिलेकै पूर्वाधारबाट २ सय मेगावाटसम्म थप विद्युत् दिन सकिने देखिएको बताए ।

    बारा–पर्सा औद्योगिक करिडोरलाई लक्ष्य गरी पाँच वर्षमा दुई हजार मेगावाटसम्म विद्युत् खपत हुने गरी पूर्वाधार संरचनाको विस्तार गर्न लागिएको जानकारी दिँदै उनले बिजुली माग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

    ‘यस वर्षको बर्खामा मुलुकभित्र उत्पादित विद्युत् खपत गर्न नसकी झण्डै आठ सय मेगावाट खेर गयो, यसको मूल्य करिब ५ अर्ब रुपैयाँ हो, यस्तो अवस्था आउनु नेपालसँग बिजुली छ भन्ने अवसर पनि हो, अब वार्षिक रुपमा करिब एक हजार मेगावाट प्रणालीमा थपिँदैछ,’ उनले भने । ‘विद्युत् खपत बढाउन तत्काल गर्न सकिने काम, त्यसपछि १ वर्ष, २ वर्ष, ५ वर्ष र १० वर्षभित्रमा आउने मागलाई पूरा गर्ने गरी पूर्वाधार संरचना बनाउन लागेका छौं ।’

    उद्योगहरुलाई भरपर्दो र गुणस्तरीय विद्युत् दिन पूर्वाधार संरचनाको निर्माण तथा जनचेतनामा अधिकतम प्रयास गरिएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले अहिले चालिएका कदमको नतिजा अब देखिन थाल्ने बताए ।

    कार्यक्रममा उद्योगी व्यवसायीले विद्युत् महसुल महँगो भएकोले सस्तो बनाउन, कम भोल्टेज तथा ट्रिपिङ लगायतको समस्या समाधान गरी विद्युत् आपूर्ति सुधार गर्न, प्रसारण तथा वितरण प्रणालीको विस्तारमा लगानी बढाउन माग गरेका थिए ।

    तत्काल यी उद्योगलाई दिन सकिन्छ विद्युत
    बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुलाई तत्काल दुई सय मेगावाटसम्म थप विद्युत् दिन सक्ने देखिएको छ । अशोक स्टिललाई थप २०.५ मेगावाटको लोड स्वीकृत भएको छ । उद्योगले हाल १६ एमभिए क्षमताको ट्रान्सफर्मर राखेकोले सोही क्षमता अनुसार विद्युत् दिन सकिने छ । ट्रान्सफर्मर थप गरेपछि उद्योगले मागेजति विद्युत् दिन सकिने छ ।

    जगदम्बा स्टिलले ३० मेगावाट थप माग गरेको छ । उद्योगलाई दुई महिनाभित्रमा विद्युत् आपूर्ति दिन सकिने छ । जगदम्बा इन्टरप्राइजेजको ३० मेगावाटका लागि कनेक्सन सम्झौता गर्न लागिएको छ । सम्झौता भएपछि उद्योगलाई विद्युत् उपलब्ध गराइने छ ।

    हिमाल आइरनलाई १३२ केभी लाइनबाट विद्युत् आपूर्ति लिने गरी ३० मेगावाट लोड स्वीकृत भइसकेको छ । उद्योगले आफ्नोतर्फ लाइन बनाएपछि परवानीपुर सबस्टेसनबाट तत्काल विद्युत् दिन सकिने छ । नारायणी इस्पातलाई २०.५ मेगावाट विद्युत् आपूर्तिका लागि ग्रिड प्रभाव अध्ययन (जिआइएस) भइरहेको छ ।

    बाराको सिमरामा निर्माण हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज)लाई तत्काल विद्युत् दिन सकिनेछ । सेजमा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्ष्य गरी लाइन विस्तार तथा सबस्टेसन निर्माण गर्न लागिएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नयाँ नेपाली वेव सिरिज भैरबीको प्रशारण सुरु
    २ घण्टा अघि

  • २

    जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    ५ घण्टा अघि

  • ३

    नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
    ५ घण्टा अघि

  • ४

    इन्द्रजात्रामा १७ वर्षीय सनिको चक्कु हानेर हत्या गर्नै २ युवतीसहित ४ जना पक्राउ
    ५ घण्टा अघि

  • ५

    सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप
    ८ घण्टा अघि

  • ६

    सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल
    ८ घण्टा अघि

  • ७

    बझाङमा भूकम्पमा परी ५ जना घाइते, राजमार्ग अवरुद्ध
    १ दिन अघि

  • ८

    नेपालगञ्जमा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन
    १ दिन अघि

  • ९

    राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति एमाले अध्यक्ष ओलीको बिरोध
    १ दिन अघि

  • १०

    नेपालगञ्जमा कर्फ्यु जारी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

    नेपाल नक्सा
    २

    विमल घर्तीमगर पनि विदेश पलायन

    नेपाल नक्सा
    ३

    नेपालगञ्जमा कर्फ्यु जारी

    नेपाल नक्सा
    ४

    भारतसँग नेपाल २३ रनले पराजित

    नेपाल नक्सा
    ५

    काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक विदा

    नेपाल नक्सा
    ६

    मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution