• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ३०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आरेन राईको आरोप– सरकार गरिब र कमजोर वर्गको पक्षमा छैन

१ घण्टा अघि
२

सडकमा जथाभावी पार्किङलाई राज्यकै संरक्षण रहेको सुमना श्रेष्ठको आरोप

१ घण्टा अघि
३

मधेस प्रदेश सभाको बैठक बस्दै

१ घण्टा अघि
४

विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त ,सन्तानको शिक्षा–दीक्षामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता

१ घण्टा अघि
५

गृहमन्त्रीसँग वार्ताको तयारीपछि निजगढमा रोकियो मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’

१ घण्टा अघि
६

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक बन्द, यात्रा नगर्न प्रशासनको आग्रह

१ घण्टा अघि
७

आत्मदाह प्रयास गरेका विवेक मण्डलको चार दिनपछि बर्न अस्पतालमा निधन

२ घण्टा अघि
८

सार्क फाइनान्स गभर्नर बैठकमा राष्ट्र बैंकका गभर्नर पौडेल, डिजिटल भुक्तानी र क्षेत्रीय सहकार्यमा जोड

२ घण्टा अघि
९

श्रम स्वीकृति बढ्दो, तर प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौता अझै अधुरो,वैदेशिक रोजगार व्यवसाय कोषको रकम पनि नियमविपरीत खर्च

८ घण्टा अघि
१०

विशेष अदालतबाट सफाइपछि नेपाल टेलिकमकी प्रबन्धनिर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली

१९ घण्टा अघि
११

चमेना गृह उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न , दातादेखि शिक्षा अधिकारीसम्म सम्मानित

२२ घण्टा अघि
१२

रोसेट्टा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर २०, सोमबार (४ साल अघि)

बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट खपत हुने गरी पूर्वाधार बनाउने

Industrial corridor

  • 6,262 Views
  • काठमाडौं– नेपाल विद्युत प्राधिकरणले उत्पादित बिजुली मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट खपत हुने गरी पूर्वाधार बनाउने भएको छ ।

    बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगन्ज, परवानिपुर, पोखरिया, प्रसौनी लगायत क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्ष्य गरी प्राधिकरणले व्यापक रुपमा विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो ।

    प्राधिकरणले मुख्य रुपमा उद्योगहरुलाई मागे जति भरपर्दो र गुणस्तरीय बिजुली दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको जनाएको छ । प्राधिकरणले तराई क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै ४०० केभी प्रसारण लाइन निर्माणको अवधारण अगाडि बढाएको छ ।

    सिमरा र वीरगन्ज क्षेत्रका उद्योगहरुको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानिपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको छ । काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झण्डै दोब्बर हुने भएकोले उद्योगहरुलाई थप विद्युत् आपूर्ति दिन सकिने छ ।

    निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सबस्टेसन निर्माण गर्ने योजना छ । पर्साको पोखरियामा सब स्टेसन बनाउन लागिएको छ ।

    प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत सिमरा, परवानिपुर क्षेत्रमा सञ्चालित उद्योगहरुलाई तत्काल दुई सय मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । त्यस क्षेत्रमा सञ्चालित स्टिल उद्योगहरुले क्षमता विस्तारका लागि थप बिजुली माग गर्दै आएका छन् ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुको अनुगमन भ्रमण र उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरी विद्युत् मागको हालको अवस्था र भविष्यको अवश्यकताका विषयमा जानकारी लिएका छन् ।

    कार्यकारी निर्देशिक घिसिङले वीरगन्ज उद्योग वाणिज्य संघ र जीतपुर नगर उद्योग वाणिज्य संघका पदाधिकारीसँग छुट्टाछुट्टै अन्तरक्रिया गरेका थिए ।
    सञ्चालनमा रहेका सबस्टेसन र उद्योगहरुको भ्रमण गरेपछि कार्यकारी निर्देशक घिसिङले उद्योगहरुलाई अहिलेकै पूर्वाधारबाट २ सय मेगावाटसम्म थप विद्युत् दिन सकिने देखिएको बताए ।

    बारा–पर्सा औद्योगिक करिडोरलाई लक्ष्य गरी पाँच वर्षमा दुई हजार मेगावाटसम्म विद्युत् खपत हुने गरी पूर्वाधार संरचनाको विस्तार गर्न लागिएको जानकारी दिँदै उनले बिजुली माग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

    ‘यस वर्षको बर्खामा मुलुकभित्र उत्पादित विद्युत् खपत गर्न नसकी झण्डै आठ सय मेगावाट खेर गयो, यसको मूल्य करिब ५ अर्ब रुपैयाँ हो, यस्तो अवस्था आउनु नेपालसँग बिजुली छ भन्ने अवसर पनि हो, अब वार्षिक रुपमा करिब एक हजार मेगावाट प्रणालीमा थपिँदैछ,’ उनले भने । ‘विद्युत् खपत बढाउन तत्काल गर्न सकिने काम, त्यसपछि १ वर्ष, २ वर्ष, ५ वर्ष र १० वर्षभित्रमा आउने मागलाई पूरा गर्ने गरी पूर्वाधार संरचना बनाउन लागेका छौं ।’

    उद्योगहरुलाई भरपर्दो र गुणस्तरीय विद्युत् दिन पूर्वाधार संरचनाको निर्माण तथा जनचेतनामा अधिकतम प्रयास गरिएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले अहिले चालिएका कदमको नतिजा अब देखिन थाल्ने बताए ।

    कार्यक्रममा उद्योगी व्यवसायीले विद्युत् महसुल महँगो भएकोले सस्तो बनाउन, कम भोल्टेज तथा ट्रिपिङ लगायतको समस्या समाधान गरी विद्युत् आपूर्ति सुधार गर्न, प्रसारण तथा वितरण प्रणालीको विस्तारमा लगानी बढाउन माग गरेका थिए ।

    तत्काल यी उद्योगलाई दिन सकिन्छ विद्युत
    बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुलाई तत्काल दुई सय मेगावाटसम्म थप विद्युत् दिन सक्ने देखिएको छ । अशोक स्टिललाई थप २०.५ मेगावाटको लोड स्वीकृत भएको छ । उद्योगले हाल १६ एमभिए क्षमताको ट्रान्सफर्मर राखेकोले सोही क्षमता अनुसार विद्युत् दिन सकिने छ । ट्रान्सफर्मर थप गरेपछि उद्योगले मागेजति विद्युत् दिन सकिने छ ।

    जगदम्बा स्टिलले ३० मेगावाट थप माग गरेको छ । उद्योगलाई दुई महिनाभित्रमा विद्युत् आपूर्ति दिन सकिने छ । जगदम्बा इन्टरप्राइजेजको ३० मेगावाटका लागि कनेक्सन सम्झौता गर्न लागिएको छ । सम्झौता भएपछि उद्योगलाई विद्युत् उपलब्ध गराइने छ ।

    हिमाल आइरनलाई १३२ केभी लाइनबाट विद्युत् आपूर्ति लिने गरी ३० मेगावाट लोड स्वीकृत भइसकेको छ । उद्योगले आफ्नोतर्फ लाइन बनाएपछि परवानीपुर सबस्टेसनबाट तत्काल विद्युत् दिन सकिने छ । नारायणी इस्पातलाई २०.५ मेगावाट विद्युत् आपूर्तिका लागि ग्रिड प्रभाव अध्ययन (जिआइएस) भइरहेको छ ।

    बाराको सिमरामा निर्माण हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज)लाई तत्काल विद्युत् दिन सकिनेछ । सेजमा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्ष्य गरी लाइन विस्तार तथा सबस्टेसन निर्माण गर्न लागिएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    आरेन राईको आरोप– सरकार गरिब र कमजोर वर्गको पक्षमा छैन
    १ घण्टा अघि

  • २

    सडकमा जथाभावी पार्किङलाई राज्यकै संरक्षण रहेको सुमना श्रेष्ठको आरोप
    १ घण्टा अघि

  • ३

    मधेस प्रदेश सभाको बैठक बस्दै
    १ घण्टा अघि

  • ४

    विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त ,सन्तानको शिक्षा–दीक्षामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता
    १ घण्टा अघि

  • ५

    गृहमन्त्रीसँग वार्ताको तयारीपछि निजगढमा रोकियो मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’
    १ घण्टा अघि

  • ६

    पहिरोका कारण मुग्लिन–नारायणगढ सडक बन्द, यात्रा नगर्न प्रशासनको आग्रह
    १ घण्टा अघि

  • ७

    आत्मदाह प्रयास गरेका विवेक मण्डलको चार दिनपछि बर्न अस्पतालमा निधन
    २ घण्टा अघि

  • ८

    सार्क फाइनान्स गभर्नर बैठकमा राष्ट्र बैंकका गभर्नर पौडेल, डिजिटल भुक्तानी र क्षेत्रीय सहकार्यमा जोड
    २ घण्टा अघि

  • ९

    श्रम स्वीकृति बढ्दो, तर प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौता अझै अधुरो,वैदेशिक रोजगार व्यवसाय कोषको रकम पनि नियमविपरीत खर्च
    ८ घण्टा अघि

  • १०

    विशेष अदालतबाट सफाइपछि नेपाल टेलिकमकी प्रबन्धनिर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो २४औँ मौद्रिक नीति (पुर्णपाठ सहित)

    नेपाल नक्सा
    २

    फिफा विश्वकप २०२६ : यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली, यस्तो छ खेल तालिका

    नेपाल नक्सा
    ३

    ४४ निर्माण कम्पनीको इजाजतपत्र खारेज (सूचीसहित)

    नेपाल नक्सा
    ४

    स्पेनको ऐतिहासिक प्रदर्शन, रोनाल्डोको विश्वकप यात्रा समाप्त; बेल्जियम पनि क्वार्टरफाइनलमा

    नेपाल नक्सा
    ५

    मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रबाट सम्मानित

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution