• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न

३ घण्टा अघि
२

बालेनले सीमा विवादबारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण

४ घण्टा अघि
३

मतदाता सूची विवादपछि रास्वपा बागमती अधिवेशनको निर्वाचन स्थगित

६ घण्टा अघि
४

संसद् बैठक २ बजेलाई सर्‍यो

७ घण्टा अघि
५

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

७ घण्टा अघि
६

संसद गतिरोध अन्त्य गर्न रवि लामिछानेले विपक्षी नेतासँग छलफलमा

८ घण्टा अघि
७

प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेन , विपक्षी दलको बैठक जारी

८ घण्टा अघि
८

सुनको मूल्यमा भारी गिरावट

८ घण्टा अघि
९

थाइल्यान्डसँग पराजित हुँदै नेपाल एसिया कप छनोटबाट बाहिरियो

९ घण्टा अघि
१०

सरकारको नयाँ योजना: निजामती सेवामा ठूलो संख्यामा कर्मचारी अवकाश हुँदै

९ घण्टा अघि
११

एमाले छाडेर अन्य दलमा गएका ८ वडाध्यक्ष पदमुक्त

९ घण्टा अघि
१२

विप्रेषण, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि, विप्रेषण आप्रवाह ४१ दशमलव २ प्रतिशत वृद्धि

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ पौष १६, बुधबार (५ महिना अघि)

कमर्सियल ई–भेहिकल :आगामी १५ वर्षमा १ करोड १९ लाख किलोवाट–घण्टा ब्याट्री ‘एन्ड अफ लाइफ’ मा पुग्ने अनुमान

  • 5,603 Views
  • काठमाडौँ । नेपालमा दैनिक रूपमा सबैभन्दा बढी दूरी तय गर्ने सवारीसाधनमध्ये व्यावसायिक विद्युतीय सवारीसाधन (कमर्सियल ई–भेहिकल) अग्रस्थानमा रहेका छन्। औसतमा यस्ता सवारीसाधनले प्रतिदिन करिब २५० किलोमिटर यात्रा गर्ने अनुमान गरिएको छ। पछिल्ला तीन वर्षयता नेपालमा विद्युतीय व्यावसायिक सवारीको बजार तीव्र गतिमा विस्तार भइरहेको देखिन्छ।

    • बढ्दो प्रयोग र बजार प्रवृत्तिलाई आधार मानेर गरिएको प्रक्षेपणअनुसार आगामी १० वर्षभित्र हाल उपलब्ध समान प्रविधिका करिब ३८ हजार १ सय २४ वटा विद्युतीय व्यावसायिक सवारीसाधन सडकमा सञ्चालनमा रहने अनुमान गरिएको छ। यस्ता सवारीसाधनको उच्च सञ्चालन दरका कारण तिनमा प्रयोग हुने ब्याट्री प्याक अपेक्षाकृत छिटो ‘एन्ड अफ लाइफ’ (EOL) चरणमा पुग्ने सम्भावना रहेको विज्ञहरूको विश्लेषण छ।

    यद्यपि विद्युतीय व्यावसायिक सवारीका लागि दीर्घकालीन सञ्चालन अवधि कम्तीमा २० वर्षसम्म रहने अनुमान गरिएको भए पनि सवारी प्रविधि अत्यन्त तीव्र गतिमा परिवर्तन भइरहेकाले समान प्रविधिका सवारीसाधनको पूर्वानुमान १० वर्षसम्म मात्र सीमित गरिएको अध्ययनले जनाएको छ। प्रविधिगत विकास, ब्याट्री क्षमतामा सुधार र नयाँ किसिमका सवारीसाधनको प्रवेशसँगै हालका मोडेलहरू आगामी दशकभित्रै सन्तृप्त अवस्थामा पुग्ने अपेक्षा गरिएको छ।

    यसैबीच, विद्युतीय सवारीसाधनको दीर्घकालीन सञ्चालनसँगै ब्याट्री व्यवस्थापन एक गम्भीर चुनौतीका रूपमा देखिन थालेको छ। ब्याट्री उत्पादक कम्पनीहरूले उपलब्ध गराएको हालको तथ्यांकअनुसार विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री प्याक करिब दुई लाख किलोमिटर सञ्चालनपछि ‘एन्ड अफ लाइफ’  अवस्थामा पुग्ने गर्छन्। व्यावहारिक रूपमा हेर्दा, अधिकांश विद्युतीय सवारीमा ब्याट्री करिब प्रत्येक तीन वर्षमा प्रतिस्थापन गर्नुपर्ने अवस्था देखिएको छ।

    यही आधारमा गरिएको प्रक्षेपणअनुसार आगामी १५ वर्षको अवधिमा नेपालमा करिब १ करोड १९ लाख ५२ हजार ४७ किलोवाट–घण्टा  बराबरका ब्याट्री प्याकहरू ‘एन्ड अफ लाइफ’ चरणमा प्रवेश गर्नेछन्। यसले ठूलो मात्रामा ब्याट्री फोहोर उत्पादन हुने र त्यसको व्यवस्थापन थप जटिल बन्दै जाने संकेत गर्छ।

    निजी प्रयोजनका विद्युतीय कार (प्राइभेट ई–कार) मा प्रयोग हुने ब्याट्री प्रविधि तीव्र गतिमा परिवर्तन भइरहेकाले दीर्घकालीन पूर्वानुमान चुनौतीपूर्ण बन्दै गएको छ। विद्युतीय कारको प्रकार, ब्याट्री क्षमता र बजारको आयतन २० वर्षसम्म निश्चित रूपमा अनुमान गर्न कठिन भएकाले आगामी १० वर्षको अवधिलाई आधार मानेर प्रक्षेपण गरिएको अध्ययनले जनाएको छ।

    पछिल्ला ६–७ वर्षको अवधिमा नेपालमा भित्रिएका विद्युतीय कारमध्ये हालसम्म कुनै पनि सवारीले ब्याट्री प्रतिस्थापनको चरण पार नगरेको तथ्यांकले देखाउँछ। औसतमा निजी विद्युतीय कारले प्रतिदिन ४५ किलोमिटरभन्दा बढी यात्रा नगर्ने अवस्थालाई आधार मानेर एउटा विद्युतीय कारको ब्याट्रीको आयु करिब ८ वर्ष रहने अनुमान गरिएको छ।

    यसै आधारमा गरिएको प्रक्षेपणअनुसार आगामी १० वर्षभित्र नेपालमा कम्तीमा २ लाख ९४ हजार ५ सय ६९ वटा निजी विद्युतीय कार भित्रिने अनुमान गरिएको छ। ब्याट्रीको औसत आयु ८ वर्ष मान्दा, ती सवारीसाधनमध्ये अधिकांशमा आगामी दशकभित्र एक पटक ब्याट्री प्रतिस्थापन हुने देखिन्छ।

    सरल गणनाका आधारमा हेर्दा, आगामी १० वर्षमा करिब ५ लाख ४६ हजार ६ सय ३० किलोवाट–घण्टा  बराबरका ब्याट्री प्याकहरू ‘एन्ड अफ लाइफ’  चरणमा प्रवेश गर्ने अनुमान गरिएको छ। यद्यपि, ‘एन्ड अफ लाइफ’ अवस्थामा पुगेपछि पनि ब्याट्री पूर्ण रूपमा निष्क्रिय नहुने अध्ययनले देखाएको छ।

    उपलब्ध तथ्यांकअनुसार ‘एन्ड अफ लाइफ’ पछि पनि ब्याट्रीको करिब ७० प्रतिशत क्षमता प्रयोगयोग्य रहने गर्छ। यस आधारमा आगामी दशकमा ‘एन्ड अफ लाइफ’ पुगेका निजी विद्युतीय कारका ब्याट्रीबाट करिब ३ लाख ८२ हजार ६ सय ४१ किलोवाट–घण्टा बराबरको ऊर्जा क्षमता पुनः प्रयोग गर्न सकिने अनुमान गरिएको छ।

    यस परिमाणको पुनः प्रयोगयोग्य ब्याट्री क्षमताले ‘सेकेन्ड लाइफ ब्याट्री’, घरेलु ऊर्जा भण्डारण, सोलार ब्याकअप तथा साना ग्रिड–सपोर्ट प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने देखिन्छ। तर त्यसका लागि ब्याट्री पुनःप्रयोग र रिसाइकलसम्बन्धी स्पष्ट नीति, प्राविधिक मापदण्ड र पूर्वाधार विकास समयमै आवश्यक हुने विज्ञहरूको भनाइ छ।

  • #BYD
  • #EcooterNepal
  • #Forthing
  • #HorwinNepal
  • #Hyundai
  • #Leapmotor
  • #LuyanNepal
  • #MGMotor
  • #NepalEnergyAuthority
  • #NepalEV
  • #NepalTransportAuthority
  • #Neta
  • #Nissan
  • #NIUNepal
  • #omoda#
  • #SegwayNepal
  • #Seres
  • #TailGNepal
  • #YatriNepal
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न
    ३ घण्टा अघि

  • २

    बालेनले सीमा विवादबारे दिएको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालको स्पष्टीकरण
    ४ घण्टा अघि

  • ३

    मतदाता सूची विवादपछि रास्वपा बागमती अधिवेशनको निर्वाचन स्थगित
    ६ घण्टा अघि

  • ४

    संसद् बैठक २ बजेलाई सर्‍यो
    ७ घण्टा अघि

  • ५

    सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
    ७ घण्टा अघि

  • ६

    संसद गतिरोध अन्त्य गर्न रवि लामिछानेले विपक्षी नेतासँग छलफलमा
    ८ घण्टा अघि

  • ७

    प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेन , विपक्षी दलको बैठक जारी
    ८ घण्टा अघि

  • ८

    सुनको मूल्यमा भारी गिरावट
    ८ घण्टा अघि

  • ९

    थाइल्यान्डसँग पराजित हुँदै नेपाल एसिया कप छनोटबाट बाहिरियो
    ९ घण्टा अघि

  • १०

    सरकारको नयाँ योजना: निजामती सेवामा ठूलो संख्यामा कर्मचारी अवकाश हुँदै
    ९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ४

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ५

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा
    ६

    “अस्पतालमा सिजरिन प्रसूति ४२ प्रतिशत नजिक, आदर्श दरभन्दा झण्डै तीन गुणा बढी”

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution