२०८० मंसिर १७, आईतबार
काठमाडौंँ, ३१ जेठ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन् ।
कोकाहाको पानी धरानमा नखसालेसम्म धरान आउदिनँ भनेर तीन दिनदेखि फिल्डमै व्यस्त रहेका मेयर हर्क साम्पाङ अन्ततः पानी ल्याउन सफल भएका हुन् । झन्डै ४० किलोमिटर दूरी पार गरेर कोकाहा खोलाको पानी गए राति माया धराने साबुन उद्योग निर्माणस्थल नजिक पकुवा खोलामा झारिएको छ ।
श्रमदान अभियानमार्फत पाँच इन्चे पाइपबाट कोकोहाको पानी ल्याउन सफल भएपछि उहाँले भावुक भएर स्वदेश र विदेशका दाता, सङ्घ–संस्था, श्रम अभियानमा संलग्नहरूलाई धन्यवाद दिनुभएको उपमहानगरपालिकाले जनाएको छ ।
अब कोकाहा खोलाको पानीले धरानका खानेपानी उपभोक्तालाई तत्कालका लागि राहत हुने विश्वास लिएको मेयर साम्पाङले बताउनुभयो ।
धरान बजार पानी झरेपछि सबै स्थानीय खुशीले रमाएका थिए । मेयर साम्पाङले पानी धरान बजारमा आइपुगेपछि भावुक हुँदै आँसु समेत झारेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे