२०८० मंसिर १७, आईतबार
काठमाडौँ, २४ भाद्र । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज भदौ २४ गते आइतबार बाँडफाँट गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट गरेको हो।
यस आइपीओमा ९ लाख ८० हजार ५३ जनाले १ करोड ६ लाख ९५ हजार ३३० कित्ता शेयरका लागि आवेदन परेको थियो ।यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८.८७ गुणा बढी आवेदन हो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड भएको छ। यसमा १ लाख ४१ हजार २९६ आवेदकबाट परेको १६ लाख ३६ हजार २२० कित्ता सेयर रद्द भएको छ।
जसमध्ये कुल ८ लाख ७५ हजार ८१४ आवेदकमध्ये ८ लाख ७२ हजार ८३७ आवेदकबाट परेको ९४ लाख १७ हजार ८७० कित्ता सेयरमात्रै सदर भएको छ भने बाँकी २ हजार ५८१ आवेदकबाट परेको ३५ हजार ४१० कित्ता बदर भएको छ।
जसअनुसार भाग्यमानी १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
यस हिसाबले सदर आवेदकमध्ये ७ लाख ५२ हजार ३०५ आवेदकको हात खाली भएको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु लागि १२ लाख ५ हजार ३२० कित्ता शेयर निष्काशन गरेको थियो ।आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ।
यसरी हेर्नुहोस् नतिजा :
१. बिक्री प्रबन्धकको वेबसाइट : https://www.prabhucapital.com/
२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे