
काठमाडौँ । लुम्बिनी प्रदेश सभाको बैठक आज बुधबार दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइनेछ ।
बैठक सुरुमा विपक्षी दलका नेता जोखबहादुर महराले विशेष सम्बोधन गर्नेछन् । त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले थारु समुदायको परम्परा संरक्षण सम्बन्धी विधेयक प्रस्तुत गर्नेछन् ।
सांसदहरूले उक्त विधेयकमाथि आफ्नो धारणा राख्नेछन् भने मन्त्रीले जवाफ दिने कार्यक्रम छ । त्यसपछि मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेछन् । अन्त्यमा नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयका लागि प्रस्तुत गरिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे