२०८१ जेष्ठ १, मंगलबार
काठमाडौं , १६ वैशाख | जापानका परराष्ट्रमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउने भएकाी छन् । उनी यहि बैशाख २३ गते नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी मे ४ मा श्रीलङ्काको राजधानी कोलम्बो पुग्ने र श्रीलङ्काको बसाइपछि ५ मे मा नेपाल आइपुग्ने छिन्।
उनले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवर्ता गर्ने कार्यक्रम तय भएको छ। भेटका क्रममा नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको र नेपालको विकासका विषयमा कुराकानी हुने जनाइएको छ । साथै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ ।
उनी परराष्ट्रमन्त्री श्रेष्ठसँगको भेटपछि सोही दिन टोकियो फर्कने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे