२०८१ श्रावण १२, शनिबार
काठमाडौं, ०३ वैशाख ।जैन युनिभर्सिटीले जेजीआई कनेक्ट अल्मुनि मिट २०२४ को आयोजना गरेको छ ।अल्मुनि मिटमा युनिभर्सिटीका प्रतिनिधि, पुर्व विधार्थी, विधार्थी तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
जैन युनिभर्सिटी भारतमा रहेको उत्कृष्ट युनिभर्सिटी मध्ये एक हो । जैन ट्रस्ट द्वारा प्रवद्र्धन यो युनिभर्सिटी द सिलीकोन भ्याली अफ इन्डिया, ब्यांग्लोरमा अवस्थित छ ।
गुणस्तरीय शिक्षा तथा प्रविधि उन्मुख शिक्षण प्रविधि अंगीकार गरेको छ । जसले विद्यार्थीहरुलाई आधुनिक प्रतिस्पर्धात्मक विश्व बजारमा आफुलाई स्थापित गर्न र आफनो उज्वल भविष्य निमार्ण गर्न महत्वपुर्ण योगदान दिदै आएको जैन युनिभर्सिटीका सिनियर म्यानेजर रिक्रुप्मेट, राहुल जैसवालले जानकारी दिनु भयो ।
नेपालमा जैन युनिभर्सिटीलाई कृष्णा फाउन्डेसनले प्रवद्र्धन गर्दै आएको छ । त्यस्तै ललितपुरमा अवस्थित हुपील्याण्डमा जैन युनिभर्सिटीका प्रतिनिधि तथा अन्य व्यक्तित्वहरु उपस्थितीमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे