२०८१ बैशाख २०, बिहिबार
काठमाडौँ, ११ पौष । हिमालयन रिइन्स्योरेनसको आइपीओ आज पुस ११ गते बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यस आइपीओमा १५ लाख ७३ हजार २१९ जनाको आवेदन परेको थियो । जसमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन मात्र योग्य भएको छ ।
८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ । यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाएको बिक्री प्रबन्धकले जनाएको छ । ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा शेयर बाँडफाँड गरिएको छ । यस अनुसार २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन् ।
कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको थियो ।
आईपीको नतिजा हेर्नका लागि
१. बिक्री प्रबन्धकको वेबसाइट : https://nicasiacapital.com/
२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे