२०८० आश्विन १४, आईतबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै किसिमका बैंक वित्तीय संस्थाको ब्याजदर निर्धारणमा हस्तक्षेप गर्दै बढाउन पाइने ब्यादरको सीमा तोकिदिएको छ । बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गरी प्रकाशित गर्न थालेपछि नेपाल राष्ट्र बैंकले सीमा तोकिदिएको हो ।
राष्ट्र बैंकले मंगलबार अबेरतिर एक निर्देशन जारी गर्दै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण र प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन् । यसअघि यस्तो सीमा थिएन ।
त्यस्तै, संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
यसअघि नै अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा धेरै बढाएर ब्याजदर तोकिसकेका बैंकहरुले १० प्रतिशतभित्र हुने गरी घटाउनुपर्ने समेत राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
२०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदर यी २ व्यवस्था बमोजिम नभएको भए सो ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गते बुधबारभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । यस्तो ब्याजदर कात्तिक ०५ भित्र दैनिक पत्रिकामा समेत प्रकाशन गर्न राष्ट्र बैंकको निर्देशन छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे