२०८१ जेष्ठ ५, शनिबार
काठमाडौँ २४ वेशाख | नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने गरेको निर्णयप्रति भारतले असन्तुष्टि जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो ।
भारतीय विदेशमन्त्री डा। एस जयशंकरले नोटमा चुच्चे नक्सा छाप्ने नेपाल सरकारको निर्णयले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया दिएका छन्। शनिवार भारतको भुवनेश्वर पुगेका विदेशमन्त्री जयशंकरले पत्रकारहरूको अन्तरक्रियामा भने, ‘मैले पनि त्यसबारेमा सुनेको छु। तर, यस विषयमा हामी र हाम्रो परिस्थिति स्पष्ट छ। नेपालसँग हाम्रो सीमानाका विषयमा छलफल भइरहेको छ। यस अवस्थामा नेपालले एक पक्षीयरूपमा निर्णय लिनुले वास्तविकतामा कुनै परिवर्तन हुँदैछ।’ एक सय रुपैयाँ दरको नोटमा चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको समेत दिइसकेको छ ।
२०७७ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे