२०८१ जेष्ठ ५, शनिबार
काठमाडौँ , २३ वेशाख । सन्दीप लामिछानेविरुद्धको मुद्दा आज हेर्न नमिल्ने सूचीमा परेको छ। सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा परेको थियो।
गायिका रचना रिमालले पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा मुद्दा परेपछि उनले ‘दोषी भए सजाय देऊ, नभए विश्वकप खेल्न देऊ’ भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेकी छन् । उनले लेखेकी छिन दोषि भए कानुन अनुसार सजाय देउ , निर्दोष भए विश्वकप खेल्न देउ ।
जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते नै लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे