२०८१ श्रावण १२, शनिबार
काठमाडौँ । गृह मन्त्रालयले परिचय खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको छ ।
पछिल्लो समय विदेशी नागरिकहरू परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको भन्दै मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिलाई भाडामा नदिन सबैमा अनुरोध गरेको हो ।
विज्ञप्तिमार्फत आग्रह परिचय नखुलेका जो सुकै भए पनि घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा भाडामा नदिन र कामकाजमा समेत नलगाउन आग्रह गरेको छ ।
त्यस्ता व्यक्ति फेला परेमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गर्न पनि विज्ञप्तिमा भनिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे