२०८१ श्रावण १२, शनिबार
काठमाडौँ, चैत २६ – हिजो आइतबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यले आज फेरी नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। हिजो सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रूपैयाँमा कारोबार भएकोमा आज एक लाख ३६ हजार दुई सय रूपैयाँ पुगेको छ।
आज प्रतितोला ६ सय रूपैयाँ बढीको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार ६ सय ८५ रूपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे