२०८० आश्विन १७, बुधबार
आगामी महिनादेखि धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएको छ ा रेल सेवा सञ्चालन हुने भएपछि रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार हटाउन लगिएको छ ।
रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिगमै तरकारी हाटबजार लगाउने गरेकाले रेल सञ्चालनमा समस्या आउने भएकाले हाटबजार हटाउने सुरु गरिएको हो । यो रेल गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा खरिद गरिएको थियो । हाटबजारको बिक्लप खोज्न जनप्रतिनिधि, व्यापारी र स्थानीयसँग छलफल समेत गरेको महाप्रबन्धक झाले भनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे