• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १२, शुक्रबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत

१३ घण्टा अघि
२

राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन बसन्तपुरमा, जुद्धशमशेरको शालिकबाट पैदल यात्रा

१४ घण्टा अघि
३

चिकित्सकहरूको काठमाडौंमा आज पनि विरोध प्रदर्शन

१५ घण्टा अघि
४

१९औँ एसियाली खेलकुद : महिला फुुटबलमा नेपाल बङ्लादेशसित खेल्दै

१५ घण्टा अघि
५

जनताले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउँछन्:रवि लामिछानेले

१५ घण्टा अघि
६

घटना शंकास्पद भएकोभन्दै प्रहरीले उठायो चिताबाटै युवतीको शव

१६ घण्टा अघि
७

धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेमा सबैलाई सचेत रहन माओवादी केन्द्रको आग्रह

१६ घण्टा अघि
८

नियन्त्रित औषधि तथा नियन्त्रित लागूऔषधसहित मानिस नियन्त्रणमा

१७ घण्टा अघि
९

दोलखाकोबाट चार किलो सुनसहित पक्राउ परेकाको परिचय खुल्यो

१७ घण्टा अघि
१०

सूचनामा आम नागरिकको पहुँच बढाउन आग्रह

१७ घण्टा अघि
११

नेपालको सार्वजनिक ऋण २३ खर्ब नाघ्यो , दुई महिनामै ४९ अर्ब २३ करोड थपियो

१८ घण्टा अघि
१२

आज इन्द्रजात्रा मनाइँदै

२२ घण्टा अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

१ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
५

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

१ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

१ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

१ साल अघि
१०

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
११

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

७ महिना अघि
१२

प्रदेशभर सार्वजनिक बिदा दिएर प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ माघ ९, आईतबार (१ साल अघि)

कोरोनाले चुनौति सगै ल्याएको अवसर , बेच्नलाई तरखर गरेको जग्गामा छोरा गाउँ फर्किएर कालिज पालन

Agriculture and Farming

  • २८७ पटक पढिएको
  • तनहुँ, ८ माघ । काठमाडौँको व्यवसाय राम्रै चल्दै थियो । दुग्ध विकास संस्थान (डिडिसी) को डिलर लिएर काठमाडौँमा दुई वटा डेरी चलाइरहेका थिए उनले । काठमाडौँमै पढेर त्यही व्यवसाय थालेका थिए । व्यवसायमा जम्दै गरेका सुनिलकमुार श्रेष्ठलाई गाउँ फर्कने सोच र सोख दुवै थिएन । काठमाडौँको खाल्टोमा उनी रमाइरहेका थिए । तर जम्दै गरेको उनको व्यवसायमा कोरोना कहर बाधा बनिदियो ।

    पहिलो चरणमा कोरोना रोकथामका लागि भएको लकडाउन देश ठप्प भयो । डेरी पसल भएकाले दुई घन्टा त खोल्न पाउँथे सुनिलकुमारले, तर व्यापार दैनिक खस्किँदो थ्यो । व्यापार यतिसम्म भद्रगोल भएछ कि भाडा तिर्न पनि धौ धौ भयो उनलाई । ‘एकैदिनमा हुने लाखको व्यापार हजारमा झर्‍यो । तैपनि आशा थियो पहिलेको जस्तै व्यापार होला भनेर । फेरि कोरोनाको दोस्रो लहर सुरु भयो । व्यापार त झनै चौपट हुने लक्षण देखियो । दोस्रो लहरको कोरोना सुरु हुँदै गर्दा अन्य लहरको पनि चेतावनी आइसकेको थियो’, उनी सम्झन्छन् ।

    दोस्रो लहरको कोरोनाले फेरि लकडाउन हुन थालेपछि उनले विकल्पको बाटो खोज्न थाले । पहिलो चरणको लकडाउन हुँदादेखि नै युट्युबतिर खुब चाख मानेर हेर्थे रे उनले टर्की र कालिज पालन बारेका भिडियोहरू । सुरुमा उनलाई टर्की पाल्ने रहर जागेछ । भिडियो हेर्दा हेर्दै उनलाई टर्की पालनको रहर फेरिएर कालिज पालनको जागेछ । जुनबेला राजधानी सहर काठमाडौँमा कोरोनाको जगजगीले एकातिर व्यापार खस्किरहेको थियो । अर्कोतिर कोरोनाले ज्यानै लिन्छ कि भन्ने पिरलो ! र पो उनले निधो गरेछन् कोरोनाको जगजगीमा उकुसमुकुस भएर बाँच्नु भन्दा गाउँ फर्किएर पुर्ख्याैली थलोमा कालिज पाल्ने । जहाँ खुलेर बाँच्न पाइने, कालिज पाल्न जागेको उनको रहर पूरा पनि हुने ।

    तनहुँको बन्दीपुर गाउँपालिका-४ लोहीपाखा लालपूर्ण बस्तीमा रहेको गाउँको जग्गा बेच्ने तरखरमा थिए सुनिलका बुबा कृष्णकुमार । एक्लो छोरा काठमाडौँ छाडेर गाउँ नफर्केने संकेतले बुढेसकालमा पुर्ख्याैली थलो बेचेर काठमाडौँ परिवारसँगै बस्नलाई कृष्णकुमारले जग्गा बेच्न खोज्दै थिए । त्यही बेला छोरा सुनिलले भनेछन्, ‘जग्गा नबेचौँ बुवा । म गाउँको जग्गामा कालिज पाल्छु ।’

    गत वैशाखमा काठमाडौँको दुईमध्ये एउटा डेरी बिक्री गरेर राजधानीमा रमाइरहेका श्रेष्ठ गाउँ फर्किए । पुर्ख्याैली थलोमा उनले कालिज पाल्ने संरचना बनाउन थाले । वैशाखमा उनले दुई हजार कालिजका चल्ला ल्याएर हुर्काउन थाले । काठमाडौँमा डेरीमा आउने ग्राहकसँग दूध, दही, घ्यू, पनिर, आईसक्रिम बेचिरहने उनै सुनिलकुमार हिजाेआज गाउँमा कालिजसँग रमाइरहेका छन् ।

    बिहान झिसमिसेदेखी साँझ अबेरसम्म कृष्णको ज्ञान एकीकृत कृषि फार्म प्रालिमा हुर्किएका कालिजसँगै हुन्छन् उनी । कहिले मकैको दाना दिन्छन् त कहिले बारीबाट काटेर ल्याएको घाँस कालिजलाई चारो बनाएर खुवाउँछन् । बेलामौकामा आफूले पालेकोे कालिज हेर्न आएकासँग आफ्नो अनभुव बाँड्दै गरेको भेटिन्छन् उनी । कहिलेकाहीँ ग्राहकलाई कालिज जोखेर बिक्री गर्दै हुन्छन् । हुर्किएर बेच्ने बेला भएका कालिजसँगै उनले देखेको सपनाले पनि आकार लिन थाल्दैछ विस्तारै ।

    पृथ्वी राजमार्गबाट झन्डै तीन सय मिटर माथिपट्टि रहेको भिरालो जग्गा सम्याएर सुनिलले कालिज पालन थालेका छन् । राजमार्गदेखि कालिज फार्मसम्म पुग्ने सडक, जग्गा सम्याउने, कालिजका पाल्ने ठाउँमा तारबार गर्ने, घर बनाउने र रेष्टुरेन्ट सञ्चालन गर्नलाई उनले डेढ करोड रुपैयाँ लगानी गरेको बताए । फार्ममा पालिएको कालिज दशैँदेखि बिक्री गर्न थालेको उनी बताउँछन् । भाले कलिजलाई प्रतिगोटा तीन हजार रुपैयाँका दरले धमाधम बिक्री भइरहेको छ । दशैँयता चार सय कालिज बिक्री भइसकेको उनले जनाए । ‘पोथी पाल्न लानेलाई मात्रै बेच्छौँ । नत्र बेचेको छैन । पोथीलाई यहीँ राखेर अब चल्ला उत्पादन गरेर बिक्री गर्ने लक्ष्य छ’, उनले सुनाए ।

    कालिजको बजार विस्तार भइरहेको श्रेष्ठको अनुभव छ । उनी भन्छन्, ‘एकपटक स्वाद लिएपछि रुचाउँछन्, दोहोर्‍याई तेहेर्‍याई आउँछन् । तर स्वाद नपाएकाहरूले महँगो भन्छन् । हुन पनि एउटैको तीन हजार मूल्य पर्ने भएकाले पनि होला भंयकर राम्रो बजार चाहिँ तत्काललाई छैन ।’ कालिज फार्मसँगै रेष्टुरेन्ट पनि चलाइरहेकाले उनलाई बजार नै नपाउने समस्या भने छैन ।

    उनको फार्म हेर्न र कालिजको स्वाद चाख्नलाई तनहुँको डुम्रे, बन्दीपुर, आँबुखैरेनी दमौली र गोरखाको पालुङटारबाट बढी आउँछन् । ‘कहिलेकाहीँ पृथ्वी राजमार्गमा यात्रा गर्नेहरू पनि बोर्ड देखेर आउनुहुन्छ’, उनले भने । कालिज पालनलाई विस्तार गर्दै उनले फार्म परिसरमा पिकनिक स्पट र फनपार्कको योजना बनाएको बताउँछन् ।

    वैशाखयता गाउँमा आएर कालिज पालन थालेपछि अथाह सन्तुष्टि मिलेको छ उनलाई । ‘पहिला उता काठमाडौँको रमझममा हराएको थिएँ । यहाँ आएर कालिज पाल्न थालेपछि थाहा भो वास्तविक खुसी त गाउँमा पो रहेछ । जसले गर्दा मेरो पहिचान पनि बनेको छ’, उनले भने ।

    सुनिकुमारलाई मिलेको सन्तुष्टिभन्दा बढी बुवा कृष्णकुमारलाई खुसी मिलेको छ । किनकि कृष्णकुमार पहिल्यैदेखि कृषि कर्ममा रमाइरहेका थिए । तीन सय रोपनी जग्गामा उनले एभोकाडो, लप्सी र लिची लगाएका थिए । सोचे जस्तो फल भने पाएका थिएनन् उनले । बेच्नलाई तरखर गरेको जग्गामा छोरा गाउँ फर्किएर कालिज पाल्न थालेपछि आफ्नो कर्मलाई छोराले पनि पछ्याएको महसुस गरेको बताउँछन् ।

    उनी भन्छन्, ‘पहिलामा म बारीमा रमाउँदा उसले चित्त दुखाउथ्यो । नबोले पनि बा ले पैसा फाल्यो बेकारमा भन्ने भावना बुझिन्थ्यो उस्को । बरु घरघडेरी जोडे हुन्थ्यो भन्थ्यो । अहिले कहाँबाट प्रेरित भएर झन्डै बिक्री भएको जग्गामा कालिज पाल्छु भन्यो । म त दंग परे । खुसी पनि लाग्यो, देशका लागि छोरा कृषि कर्ममा जोडियो भनेर ।’ उत्पादनमा लाग्नु भनेको देशलाई समृद्धि दिशामा लैजान सघाउनु हो कृष्णकुमारको बुझाइमा ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत
    १३ घण्टा अघि

  • २

    राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन बसन्तपुरमा, जुद्धशमशेरको शालिकबाट पैदल यात्रा
    १४ घण्टा अघि

  • ३

    चिकित्सकहरूको काठमाडौंमा आज पनि विरोध प्रदर्शन
    १५ घण्टा अघि

  • ४

    १९औँ एसियाली खेलकुद : महिला फुुटबलमा नेपाल बङ्लादेशसित खेल्दै
    १५ घण्टा अघि

  • ५

    जनताले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउँछन्:रवि लामिछानेले
    १५ घण्टा अघि

  • ६

    घटना शंकास्पद भएकोभन्दै प्रहरीले उठायो चिताबाटै युवतीको शव
    १६ घण्टा अघि

  • ७

    धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेमा सबैलाई सचेत रहन माओवादी केन्द्रको आग्रह
    १६ घण्टा अघि

  • ८

    नियन्त्रित औषधि तथा नियन्त्रित लागूऔषधसहित मानिस नियन्त्रणमा
    १७ घण्टा अघि

  • ९

    दोलखाकोबाट चार किलो सुनसहित पक्राउ परेकाको परिचय खुल्यो
    १७ घण्टा अघि

  • १०

    सूचनामा आम नागरिकको पहुँच बढाउन आग्रह
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    १३ वर्षीय नाबालकले गरे २८ वर्षीया महिलालाई बलात्कार

    नेपाल नक्सा
    २

    राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी

    नेपाल नक्सा
    ३

    काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक विदा

    नेपाल नक्सा
    ४

    मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

    नेपाल नक्सा
    ५

    सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै मैलुङ खोला जलविद्युत

    नेपाल नक्सा
    ६

    सरकार र आन्दोलनरत शिक्षकबिच पुनःवार्ता आज

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution