२०८० मंसिर १४, बिहिबार
नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एकजनालाई आईतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछापको सुनापती गाउँपालिका १ का २३ वर्षीय सुमन चौलागाईँलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले काठमाडौँको गुर्जुधारा ट्रायल सेन्टरबाट रामेछापका ३० वर्षीय राजेन्द्र चौलागाईँको दुईपाङ्गे सवारी साधनको ट्रायल दिदै गरेको अवस्थामा सुमनलाई फेला पारेको थियो । नियन्त्रणमा आएका सुमनलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।
अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो । यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उहाँले बताउनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे