२०८० मंसिर १७, आईतबार
काठमाडौँ, १ असार । नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरूको थुनछेक बहस सकिएको छ । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिलहरूले जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो ।
हिजो बिहीवार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि आज शुक्रवार सरकारी वकिल र जाहेरीवालातर्फको वकिलले जवाफी बहस गरेका हुन् । उनीहरूले अभियुक्ततर्फका वकिलले उठाएइका कानुनी प्रश्नको जवाफ दिएका छन् । सरकारी वकिलपछि जाहेरीवालातर्फका वकिलले जवाफी बहस गर्दै आफ्नो पक्षको जाहेरी कानुनसम्मत भएको र प्रमाण पुर्याउने भार सरकारी पक्षको भएको भन्दै अभियुक्तलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् ।
न्यायाधीश न्यौपानेको इजलासले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने आदेश गर्नेछ ।
नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट मोटो रकम असुल गर्ने गिरोहमा संलग्न भएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईलगायत १८ जनालाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ।
प्रहरीले नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा चलाएको छ । यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर उनीहरू विरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोही अनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको छ ।
उनीहरूसँग २८ करोड ८१ लाख रुपैयाँ बिगोसमेत माग गरिएको छ । उक्त घटनाका आरोपी ३० जनामध्ये १८ जना प्रहरी हिरासतमै छन् । १२ जना अझै फरार छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे