• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २७, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गणेश नेपाली घटनाबारे गृहमन्त्रीको स्पष्टीकरण ,स्थानीय सरकार कसको छ ?

२0 घण्टा अघि
२

कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर सहयोग

२0 घण्टा अघि
३

कोशी करिडोर आयोजना सुस्त, १७ वर्षमा ४५ प्रतिशत मात्रै भौतिक प्रगति

२0 घण्टा अघि
४

कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग

२१ घण्टा अघि
५

गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्रीको मौनतामाथि कांग्रेसको प्रश्न

२३ घण्टा अघि
६

नियमभन्दा मानिसको जीवन ठूलो हो: गणेश कार्की

२३ घण्टा अघि
७

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही गर्ने मन्त्रालयको चेतावनी

१ दिन अघि
८

अक्सिजन सिलिन्डर विस्फोट, एक पैदलयात्रीको मृत्यु

१ दिन अघि
९

आत्मदाहको प्रयासपछि गम्भीर घाइते गणेश नेपालीको उपचारका क्रममा निधन

१ दिन अघि
१०

नेपाल–यूएई सम्बन्ध सुदृढ बनाउन चन्द्रागिरिमा स्वागत तथा रात्रिभोज कार्यक्रम

१ दिन अघि
११

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो नयाँ उपकुलपति, शपथ ग्रहण सम्पन्न

१ दिन अघि
१२

ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
राससप्रकाशित मिति: २०७९ भाद्र ३०, बिहिबार (३ साल अघि)

पेचिलो बन्दैछ बागलुङमा चुनावी तालमेल

  • 3,983 Views
  • बाग्लुङ , ३० भाद्र । सिट  बाँडफाँटमा बागलुङ–१ नछाड्ने राष्ट्रिय जनमोर्चाको अडानले जिल्ला तहमा गठबन्धन कसरी अघि बढ्ला भन्ने चासो थपिदिएको छ । गठबन्धनको सबैभन्दा सानो दल जनमोर्चाले त्यहाँको उम्मेदवारमा अध्यक्ष चित्रबहादुर केसीलाई अघि सारेको छ । बागलुङ केसीको गृहजिल्ला हो । सङ्घतर्फ बागलुङ–१ सँगै प्युठानमा जनमोर्चाको दाबी छ ।

    प्रदेशमा पनि बागलुङको एउटा सिट आफूले पाउनुपर्ने उसको प्रस्ताव छ । विसं २०७४ को चुनावमा वाम गठबन्धन गरेर चुनाव लडेको जनमोर्चाले बागलुङबाट प्रदेशका दुई सिट जितेको थियो । तत्कालीन चुनावमा बागलुङका सबै सिट गुमाएको सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस अहिले विरासत फर्काउने सुरमा छ । दोस्रो संविधानसभा चुनावमा जिल्लाका तीनै सिट जितेको काँग्रेसले विसं २०७४ को चुनावमा नमिठो हार व्यहोर्नुपरेको थियो ।

    वाम तालमेलबाट गत चुनावमा बागलुङ–२ र बागलुङ–२ (क) मा विजयी बनेको नेकपा (माओवादी केन्द्र) अहिले पनि गठबन्धनमार्फत त्यही नतिजा दोहोर्याउन चाहन्छ । गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी) ले पनि प्रदेशको एउटा सिटमा दाबी गरिरहेको छ ।
    एकातिर सङ्घीय मन्त्रीदेखि गठबन्धन दलका शीर्ष नेतासम्म उम्मेदवार बन्ने दौडमा हुनु, अर्कातर्फ दलका आ–आफ्नै अडानका कारण बागलुङ गठबन्धनका लागि पेचिलो बन्ने देखिएको छ ।
    जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शङ्कर बरालले आफूहरुले सङ्घसँगै प्रदेशको एउटा सिट पनि बागलुङबाट पाउनुपर्ने बताए । “बागलुङ–१ मा अध्यक्षलाई उठाउने पार्टी केन्द्रकै निर्णय हो, प्रदेशमा पनि बागलुङबाट एउटा सिट अनिवार्य चाहिन्छ, हाम्रो यही अडान छ”, उनले भने ।

    जनमोर्चाको बढी जनाधार भएको जिल्ला बागलुङ हो । गत वैशाखमा भएको स्थानीय तह चुनावमा अहिलेकै गठबन्धनमार्फत उसले दुईटा पालिका जितेको थियो । ती पालिका बागलुङ–१ मा पर्छन् जहाँबाट अहिले जनमोर्चाका अध्यक्ष केसी चुनाव लड्न चाहिरहेका छन् ।

    जनाधार, शक्ति सन्तुलन, विगत चुनावको परिणाम आदिलाई हेरेर बागलुङ–१ मा दाबी गरिएको जनमोर्चाले जनाएको छ । विसं २०७४ को चुनावमा बागलुङ–१ (ख) र २ को(ख) मा जनमोर्चा विजयी बनेको थियो । प्रदेशतर्फ बागलुङ–२ (ख) मा अहिले पनि उसको दाबी कायम छ ।

    स्थानीय तह चुनावमा गठबन्धनको सफल नेतृत्व गरेको काँग्रेस आसन्न सङ्घ र प्रदेशको चुनाव जितेर विगतको हारलाई बिर्साउने दाउमा छ । गत वैशाखमा भएको चुनावमा जिल्लाका दसमध्ये ६ वटा पालिका जितेको काँग्रेसले यो चुनावबाट पनि उस्तै नतिजा ल्याउन चाहन्छ ।

    काँग्रेसका जिल्ला सचिव हरिहर शर्माले गठबन्धनभित्र काँग्रेस र अरु दलमा ६०÷४० को आधारमा सिट बाँडफाँट गरिनुपर्ने बताए । गत स्थानीय तह चुनावमा पनि सोही आधारमा गठबन्धन गरिएको उनले सुनाए । “पार्टीको जिल्ला कार्य समितिको निर्णय र नेता, कार्यकर्ताको एउटै धारणा के हो भने बागलुङमा काँग्रेसले एउटा सङ्घ र प्रदेशका तीन सिट पाउनुपर्छ”, उनले भने, “यो कुरा हाम्रा नेताहरुले केन्द्रमा पनि पुर्याइरहनुभएको छ, त्यसो भएन कार्यकर्ता सम्हाल्न सकिने स्थिति हुन्न भनेर भनेका छौँ ।”

    सचिव शर्माले सिट बाँडफाँटको टुङ्गो दलका शीर्ष तहबाटै टुङ्गिने भएकाले जिल्लाको काबुमा केही नरहेको बताए । गठबन्धनमा सामेल एकीकृत समाजवादीले पनि बागलुङमा आफ्नो सम्मानजनक उपस्थिति खोजिरहेको छ । गठबन्धनको संस्कृतिमा अरु दल नचले नयाँ ढङ्गले सोचिने सो दलका जिल्ला अध्यक्ष लालबहादुर थापाले बताए ।

    “स्थानीय चुनावमा गठबन्धनबाट धोका भयो, कतिपय ठाउँमा त्याग पनि गरियो”, उनले भने, “अहिले बढी नै सचेत छौँ, अस्तित्व नस्वीकार्ने, सम्मानजनक व्यवहार नहुने स्थिति आयो भने नयाँ निर्णय गरेर अगाडि बढ्छौँ, नत्र एक्लै चुनाव लड्छौँ ।”

    बागलुङबाट सङ्घ या प्रदेशतर्फ एउटा सिट पाउनुपर्ने दाबी एकीकृत समाजवादीको छ । प्रदेशमा बागलुङ–१ (क) र (ख) मा नै आफूहरुको जोड रहेको अध्यक्ष थापाले बताए । उक्त दलका गण्डकी प्रदेश अध्यक्ष रामजी शर्माको गृहनगर पनि बागलुङ–१ (क) मा पर्छ ।

    माओवादी केन्द्रका जिल्ला संयोजक राजीव घिमिरेले बागलुङ–२ स्वभाविक रुपमै आफूहरुले पाउनुपर्ने धारणा राखे । पहिले जितेको क्षेत्र सम्बन्धित दलले नै लिने गरी गठबन्धनभित्र चलिरहेको छलफलले पनि माओवादी केन्द्रलाई सहज हुने ठानिएको छ । विसं २०७४ मा सो क्षेत्रबाट शिक्षा मन्त्री देवेन्द्र पौडेलले जितेका थिए ।

    “हाम्रो जनमत पनि राम्रो छ, शिक्षा मन्त्रीले पनि त्यहीँबाट प्रतिनिधित्व गर्नुहुन्छ”, संयोजक घिमिरेले भने, “पहिले जितेको बागलुङ–२ र २ (क) मा हाम्रो दाबी छ, माथिबाट सिट बाँडफाँट कसरी टुङ्गिन्छ, त्यो त हेर्न बाँकी छ ।” अन्यत्रको भन्दा गठबन्धनमा बागलुङको अवस्था विशिष्ट भएकाले सिट बाँडफाँट पेचिलो बनेको उनको भनाइ छ ।

    “जनाधार पनि भएको र शीर्ष नेता पनि यहीँको भएको हुनाले जनमोर्चाले गरिरहेको दाबी स्वभाविक हो, ठूलो दलका हिसाबले काँग्रेसको आफ्नै अडान छ”, उनले भने, “जिल्लागत परिस्थिति हेरेर केन्द्रीय तहबाटै यो विषय पक्कै टुङ्गिन्छ, जनमोर्चा र माओवादीले सङ्घ ल्याएर प्रदेशमा काँग्रेसले बढी पाउने सम्भावना पनि छ ।”

    गठबन्धनमा सामेल जनता समाजवादी पार्टी भने बागलुङको चुनावी दौडमा छैन । विसं २०७४ मा सङ्घ र प्रदेश गरी बागलुङका दुईटा सिट जितेको नेकपा (एमाले) अहिले गठबन्धनको विपक्षी कित्तामा छ । एक्लै गठबन्धनको सामना गर्न तयार रहेको एमालेको भनाइ छ । सो चुनावमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित निकालेका थिए ।

    अहिले परिस्थिति भिन्न छ र गठबन्धन पनि । स्थानीय तह चुनावमा जिल्लामा ठूलो धक्का व्यहोरेको एमालेलाई यो चुनाव पनि पेचिलो बन्ने पक्का छ । चुनावमा गठबन्धन र एमाले एकअर्काका लागि कति चुनौती बन्ने हुन् ? यसका लागि त चुनाव नै कुर्नुपर्छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गणेश नेपाली घटनाबारे गृहमन्त्रीको स्पष्टीकरण ,स्थानीय सरकार कसको छ ?
    २0 घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर सहयोग
    २0 घण्टा अघि

  • ३

    कोशी करिडोर आयोजना सुस्त, १७ वर्षमा ४५ प्रतिशत मात्रै भौतिक प्रगति
    २0 घण्टा अघि

  • ४

    कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग
    २१ घण्टा अघि

  • ५

    गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्रीको मौनतामाथि कांग्रेसको प्रश्न
    २३ घण्टा अघि

  • ६

    नियमभन्दा मानिसको जीवन ठूलो हो: गणेश कार्की
    २३ घण्टा अघि

  • ७

    अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही गर्ने मन्त्रालयको चेतावनी
    १ दिन अघि

  • ८

    अक्सिजन सिलिन्डर विस्फोट, एक पैदलयात्रीको मृत्यु
    १ दिन अघि

  • ९

    आत्मदाहको प्रयासपछि गम्भीर घाइते गणेश नेपालीको उपचारका क्रममा निधन
    १ दिन अघि

  • १०

    नेपाल–यूएई सम्बन्ध सुदृढ बनाउन चन्द्रागिरिमा स्वागत तथा रात्रिभोज कार्यक्रम
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    वर्षाले प्रभावित बनायो धुलिखेल–खावा सडक स्तरोन्नति, रातिको सवारी रोक्ने निर्णय स्थगित

    नेपाल नक्सा
    २

    जनताको काम नगर्ने मेयर र मन्त्रीलाई कारबाही गर्ने लम्सालको चेतावनी

    नेपाल नक्सा
    ३

    डिजिटल विस्तारसँगै बदलिँदो विज्ञापन बजारबारे ‘आन’को अन्तरक्रिया, एआईदेखि सामाजिक सञ्जालसम्मका चुनौती र अवसरमा केन्द्रित छलफल

    नेपाल नक्सा
    ४

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो २४औँ मौद्रिक नीति (पुर्णपाठ सहित)

    नेपाल नक्सा
    ५

    ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया कानुनी रूपमा अघि बढाउने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    सशस्त्र प्रहरी विद्यालयको आर्थिक अनियमितता प्रकरणमा दुई पक्राउ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution