२०८० आश्विन १४, आईतबार
प्युठानमा हिजो शनिबार बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना भएको थियो ।नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाजीप दुर्घटनामा ज्यान गुमाएका आठ जनाकै सनाखत भएको छ ।नौबहिनी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा आठ जनाकाे ज्यान गएकाे छ ।जीप दुर्घटनामा ज्यान गुमाएका आठ जनाकै सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार घटनास्थलमै मृत्यु हुनेमा प्यूठान गौमुखी – ६ लिवाङ बस्ने ४० वर्षीया वसन्ती खड्का,२९ वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर बुढा, ३२ वर्षका खिम बहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ लुङकी १८ वर्षीया विपना जिसी रहनुभएको छ । यस्तै, स्थानिय ३९ वर्षीय वसन्त खड्का र उहाँको छोरी वर्ष ११ को एलिसा खड्काको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको छ ।गम्भीर घाइते दुलही , नरेश खड्का र हरि बुढा मगरलाई रिफर गरिएको छ भने घाइते दुलहा दान हादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमै उपचार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे