२०८० आश्विन १७, बुधबार
प्रदेश १ मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजनको निर्णय गरेको छ । तर आलोचनाको डरले यो निर्णय गुपचुप राखिएको छ ।
प्रदेश १ मा हाल मुख्यमन्त्री कार्यालयसहित सात वटा मन्त्रालय छन्। तर सत्तारूढ पाँच दलीय गठबन्धनको सरकारले भागबण्डा पुर्याउन मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो तर आलोचनाको डरले यो निर्णय गुपचुप राखिएको छ ।
आइतबार साँझ बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालय संख्या ७ बाट १२ बनाउने निर्णय गरेको स्रोतले भन्यो । तर विभाजनको निर्णय सार्वजनिक गर्दा आलोचना हुने भएका कारण निर्णय हाललाई गुपचुप राखिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे