
धादिङ, २८ बैशाख । धादिङको गल्छि गाउँपालिका–८ मा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। गल्छी–८ निवुवास्थित एक होटलमा सामान्य विवाद हुँदा स्थानीय निरज पण्डितले खुकुरी प्रहार गरी गम्भिर घाइते भएका विनोद थापा मगरको ज्यान गएको हो ।
बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका हुन्।
थापालाई उपचारका लागि काठमाडौं लैजादैँ गर्दा उनको बाटोमा मृत्यु भएको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए।
हत्यामा संलग्न भएको आरोपमा पण्डितसहित ६ जनालाई पक्राउ गरिएको छ। स्थानीयले घटनाको विरोधमा गल्छी–मैलुङ सडक बन्द गराएका छन्। बन्दकर्ताले एउटा गाडीमा आगजनी समेत गरेका छन्। बन्द सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।
अहिले गल्छि नुवाकोट त्रिशुली सडक खण्ड अवरुद्ध रहेको छ । घटनापछि पिडित पक्षले उक्त सडक खण्ड अवरुद्ध गरेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे