२०८१ बैशाख १९, बुधबार
काठमाडौँ , ६ वैशाख | नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा ( एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार भएको छ । बुधबार साँझमात्रै सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।
कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल ,कांग्रेस नेता डा।नारायण खड्काको भेटवार्ता भएको थियो । भेटवार्तामा सुदूरपश्चिम सरकारका बारेमा छलफल भएको थियो । सत्ता गठबन्धनमा सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय भएको छ ।देउवा र नेपालीबिच सुदूरपश्चिम प्रदेश सरकार निर्माण साथै वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भइरहेको हो ।
सरकार गठनका लागि सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले दिएको समय आज साँझ ५ बजे सकिंदै छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे