२०८१ श्रावण १२, शनिबार
काठमाडौँ १८ चैत – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएको छ साथै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने माग गरेको छ । आजको बैठकमा पनि प्रतिपक्षी नेपाली काँग्रेसले गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठनको माग दोहोर्याएको हो । कांग्रेसका सांसद संजयकुमार गौतमले सहकारीको रकम हिनामिनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा प्रमुख प्रमुखले दिएको जवाफले संशय पैदा गरेको बताएका बताएका हुन् ।
सांसद गौतमले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न उठेको बताए । प्रधानमन्त्रीले ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नहरूलाई जोगाएर सुशासनको कुरा गरिरहेको पनि उनको भनाइ थियो । उनले नैतिकताका आधारमा गृहमन्त्रीले पनि आफैँ छानबिनका लागि बाटो खुलाइदिनुपर्ने बताएका छन् ।
यही चैत १४ गते राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको बताएका थिए । छानबिनको दायरामा रहेका व्यक्ति नै गृहमन्त्री भएकोमा गौतमले असहमति जनाए । सरकार र गृहमन्त्री दुबैले छानबिनका लागि बाटो सहज बनाउनुपर्ने सांसद गौतमले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे