२०८० आश्विन १७, बुधबार
काठमाडौँ । सिभिल बैंकको संचालक समितिको अध्यक्षमा प्रताप जङ्ग पाण्डे चयन भएका छन् । बैकको मंसिर १ गते बसेको संचालक समितिको ३६२ औं बैठकले संचालक पाण्डेलाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
बैंक अध्यक्ष चयन भएपछि पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरेकोमा संचालकहरुलाई धन्यवाद दिनुभयो ।
पाण्डेलाई बधाई तथा शुभकामना दिदै संचालकहरुले उहाँको नेतृत्वमा बैंकलाई थप उचाईमा पु¥याउनको लागि थप मद्दत मिल्नेमा जोड दिए ।
पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउने तर्फ विशेष रुपमा अगाडि बढाउन आग्रह गरे । शेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने तर्फ बैंकको प्राथमिकता रहनुपर्नेमा अध्यक्ष पाण्डेको जोड थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे