२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, २५ जेठ । सिटिजन्स बैंक इन्टरनेशनलले १० बर्ष अवधिको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले विज्ञप्ति जारी गर्दै १० प्रतिशत ब्याजको ऋणपत्र निष्काशन गर्न लागेको जानकारी दिएको हो ।
बैंकले ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ निष्काशनका लागि प्रकृया अगाडि बढाएको छ । यसका लागि बैंकले हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बैंकले १००० रुपैयाँ दरका तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने छ । निष्काशनका लागि भएको सम्झौतामा सिटिजन्स बैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।
उच्चतम प्रतिफल सहितको ऋणपत्रबाट दीर्घकालिन लगानीकर्ताहरु लाभान्वित हुनेछन् ।
बैंकले हाल देशभरका १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे