२०८० आश्विन १७, बुधबार
काठमाडौं महानगरपालिका २१ वडामा निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बिहीबार महानगर प्रमुख विद्यासुन्दर शाक्यले फेरि नेकपा एमालेले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहने बताएका छन् । महानगरवासीको चाहना के छ र त्यो पार्टीले बुझेर जिम्मा दिए काम गर्ने इच्छा ब्यक्त गरे।यदि पार्टीले मलाई जिम्मा नदिएर अरुलाई जिम्मा दिए पनि काठमाडौं महानगरपालिकामा नेकपा एमालेले बिजय हुनेगरि गरेर तयारी अवस्थामा रहेको शाक्यले बताउनुभयो। शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरूको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताए ।
काठमाडौं महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सहर हो । जता हेर्दा पनि मन्दिर पार्टी पौवाहरू प्रशस्त छन् । यि हाम्रा सम्पदा हुन सम्पदालाई संरक्षण गर्नु, प्रवर्द्धन र पर्यटनसँग जोड्नु महानगरको नीति नै रहेको छ त्यहीँअनुसार हामीले शुरुदेखि नै भनिरहेका छौं यहाँका जति पनि सम्पदा, मठ मन्दिर छन्, आफ्नो महत्त्व बोकेका छन् । हामीले सबै पुनर्निर्माण गरिदिन्छौं भनेका थियौं । त्यहीँअनुसार पुनर्निर्माणलाई निरन्तरता दिइरहेका छौं शाक्यले भन्नुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे