२०८१ श्रावण १२, शनिबार
काठमाडौँ , २२ चैत | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिदैं छन् । शाहले आज दिउँसो ३ बजे विश्वासको मत लिने तयारी गरेका छन्। सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ । माओवादीले गठबन्धन फेरेसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको छ ।
मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरिदिएका थिए। त्यसपछि माओवादी केन्द्रले शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो। अल्पमतमा रहेका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारलाई लिएर नागरिक उन्मुक्ति पार्टी पार्टी नै विभाजनको संघारमा पुगेको छ ।
रेशम चौधरीको पक्षले कमलबहादुर शाह नेतृत्वको सरकारमा गिरीलाई मन्त्री पठाएको थियो । तर, त्यसलगत्तै अध्यक्ष रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन निर्देशन दिएकी थिइन् । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार डाकिएको केन्द्रीय समिति बैठकमा दुई समूहमा विभाजित नेता–कार्यकर्ता हात हालाहालको भएको थियो ।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले सांसदबाटै हटाउन प्रदेश सभालाई पत्राचार गरेकी छन् । नागरिक उन्मुक्ति पार्टीका दुई पक्षले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिनेबारे छुट्टाछुट्टै ह्वीप जारी गरेका छन् । मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि राप्रपालाई पनि मनाइ रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे