२०८० मंसिर १४, बिहिबार
काठमाडौँ , ११ जेठ |विवेकशिल नेपालका केन्द्रिय सदस्य शशि विक्रम कार्कीले माइतिघर मण्डलामा उपस्थित भई लुटतन्त्र विरुद्ध समय अनुकुल विरोधमा सहभागि हुन अनुरोध गरेका छन्। भुटानी शणानार्थी प्रकरणमा उच्च तहका पद अधिकारी र मन्त्रीकै सम्लग्नता रेहेको प्रमाणित हुदाँ ठुला माछा उम्कन नहुने भन्दै दवाव रुवरुप क्रार्यक्रमा सहभागी हुन अनुरोध गरेका छन्।
राज्य सञ्चालनमा रहेका पुर्व अधिकारीहरुबाटै भ्रष्टचारी कार्यमा सलंग्न रहेको प्रमाणित हुदाँ सरकारबाट बचाउने ,उम्काउने काम नहोस् भन्नका लागि यो आवश्यक रहेको उनको भनाई थियो।
उनले केहि दिन अघि आफ्नो सामाजिक सञ्जालमा समेत खबरदारीको लागि आग्रह गदै उल्लेख गरेका छन् कि
“भुटानी शरणार्थी काण्डमा मुख्य अभियुक्तहरुलाई बचाउने खेल विरुद्ध भोलि देखि १ हप्ता सम्म हरेक दिन अपराह्न ४:१५ बजे माइतीघर मण्डलमा प्रदर्शन गर्दैछु।मेरो आफ्नो समय अनुकुलतालाई हेरेर यो समयमा प्रदर्शन गर्न लागेको हुँ। इच्छुक र समय मिल्नेहरुले सहभागी हुन अनुरोध पनि गर्दछु।आ-आफ्नो समयानुकुल देशभरि र बिदेशमा पनि खबरदारीको लागि एक जिम्मेवार नागरिकको हैसियतले प्रदर्शन गर्न अनुरोध पनि गर्दछु।”
उनी आफै पनि ट्रेकिङ्ग गाईड तथा फ्रान्सेली भाषा शिक्षण पेशबाट समय अनुकुल विरोधमा समय दिई रहेका छन्। कार्की समय समयमा पछिल्ला केहि वर्ष यता परिवर्तित राजनितिक वृतमा नयाँ शैलाबाट विरोध प्रर्दशन गदै सचेतना जगाउने युवा नेताको रुपमा परिचित छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे