• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ

३४ मिनेट अघि
२

मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन

१ घण्टा अघि
३

विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित

३ घण्टा अघि
४

कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब

३ घण्टा अघि
५

मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

४ घण्टा अघि
६

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

४ घण्टा अघि
७

खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह

५ घण्टा अघि
८

अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने

६ घण्टा अघि
९

धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने

६ घण्टा अघि
१०

आजदेखि रास्वपाको प्रदेश अधिवेशन

६ घण्टा अघि
११

रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

६ घण्टा अघि
१२

मन्त्रिपरिषद बैठक बस्दै

६ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ फागुन १५, बिहिबार (१ साल अघि)

अरनिको राजमार्गको विस्तारमा अवरोध, ठेकेदार कम्पनीको ठेक्का खारेज

  • 5,252 Views
  • काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ। निर्माण कार्यमा निरन्तर ढिलाइ भएपछि कार्यालयले सार्वजनिक सूचनामार्फत उक्त निर्णयको जानकारी गराएको हो।

    कार्यालयले मंगलबार बसेको बैठकमा सडक विस्तारका लागि सम्झौता गरिएअनुसार तोकिएको समयमा निर्माण सम्पन्न नभएकाले ठेक्का खारेज गर्ने निर्णय लिएको थियो। धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक निर्माणका लागि विसं २०७९ जेठ २० गते गौरी पार्वती निर्माण सेवा प्रालिले २० करोड १९ लाख ४६ हजार पाँच सय एक रुपैयाँमा ठेक्का लिएको थियो। सम्झौताअनुसार २०८० चैत १९ गतेभित्र काम सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीले तोकिएको अवधिभन्दा ११ महिना बढी समय बित्दा पनि निर्माण कार्य पूर्णरूपमा सम्पन्न गर्न सकेको थिएन। पछिल्लो वर्षदेखि निर्माण कार्य प्रायः ठप्प नै रहेको थियो।

    स्थानीय सडक उपभोक्ताले निर्माण ढिलाइप्रति असन्तुष्टि जनाउँदै पटकपटक गुनासो गरेका थिए। यात्रुहरूले लामो समयदेखि सास्ती खेप्नुपरेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो। सडक डिभिजनले पटकपटक ताकेता गरे पनि ठेकेदार कम्पनीले प्रभावकारी काम नगरेपछि अन्ततः गत माघ १९ गते पुनः स्पष्टीकरण मागिएको थियो। कार्यालयका अनुसार कम्पनीले लिखित रूपमा जवाफ दिए पनि सन्तोषजनक नठहरिएपछि ठेक्का रद्द गर्ने निर्णय लिइएको हो।

    सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशका अनुसार निर्माण कार्यको भौतिक र वित्तीय प्रगति न्यून रहेको थियो। हालसम्म जम्मा २५ प्रतिशत मात्र वित्तीय प्रगति देखिएको छ। निर्माण अन्तर्गत धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङ कार्य सम्पन्न भएको भए पनि केही स्थानमा नाली तथा ड्रेन-वाल निर्माण गरिएको मात्र छ। जिपलाइनदेखि खावासम्मको सडक भत्काइए पनि करिब एक किलोमिटर भागमा कटिङ कार्य नै बाँकी रहेको छ। गत वर्ष जेठमा धुलिखेलतर्फबाट बेस तथा सब-बेस निर्माणको काम सुरु गरिएको भए पनि वर्षाका कारण निर्माण सामग्री बगेर सडक पुनः जीर्ण अवस्थामा पुगेको थियो।

    निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा यात्रुहरूलाई दुई वर्षदेखि सास्ती खेप्नुपरेको छ। सडक पुनःनिर्माणका लागि भत्काइएका भागहरू समयमा मर्मत नहुँदा धेरै सवारी दुर्घटना समेत भएका छन्, जसका कारण यात्रु घाइते भएका घटनाहरू पनि रिपोर्ट भएका छन्।

    धुलिखेल–खावा सडकखण्डलाई १२ मिटर फराकिलो पारेर कालोपत्रे गर्ने योजना रहेको थियो। नेपालमा पहिलो पटक यो सडकमा ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस राख्ने तथा दुई चरणको कालोपत्रे (डिबिएम र आस्फाल्ट) गर्ने योजना बनाइएको थियो। अरनिको राजमार्ग हुँदै नेपाल–चीन नाका (तातोपानी) तथा दोलखा, रामेछाप जोड्ने यो महत्वपूर्ण सडक निर्माण अवरुद्ध भएकाले यातायातमा समेत प्रभाव परेको छ।

    सडक डिभिजन कार्यालयले प्रक्रिया पूरा गरी पुनः एकदेखि दुई हप्ताभित्र नयाँ ठेक्का आव्हान गरिने जनाएको छ। यसपटक भौतिक तथा वित्तीय प्रगतिको आधारमा केही परिमार्जनसहित पुनः ठेक्का खोल्ने तयारी भइरहेको कार्यालय प्रमुख योगेशले जानकारी दिएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ
    ३४ मिनेट अघि

  • २

    मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन
    १ घण्टा अघि

  • ३

    विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित
    ३ घण्टा अघि

  • ४

    कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब
    ३ घण्टा अघि

  • ५

    मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस
    ४ घण्टा अघि

  • ६

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
    ४ घण्टा अघि

  • ७

    खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह
    ५ घण्टा अघि

  • ८

    अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने
    ६ घण्टा अघि

  • ९

    धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने
    ६ घण्टा अघि

  • १०

    आजदेखि रास्वपाको प्रदेश अधिवेशन
    ६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

    नेपाल नक्सा
    ४

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution