२०८१ बैशाख १८, मंगलबार
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति नेपाल राष्ट्र बैंकले आज आइतवार सार्वजनिक गर्ने देखाएको छ ।
मौद्रिक नीति पारित गर्न आइतवार बिहानदेखि सञ्चालक समितिको बैठक वसिरहेकाे छ ।
माैद्रिक नीतिमार्फत घरजग्गा र शेयर बजारमा लचिलाे नीति लिने अपेक्षा गरिए पनि तात्विक फरक नहुने गरी माैद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंककाे रहेकाे छ ।
सरकारकाे बजेटका लक्ष्यलाई सहयाेग पुग्ने गरी केन्द्रीय बैंकले माैद्रिक नीतिकाे तयारी गरेकाे छ ।
हाल काठमाडौं उपत्यकामा घरजग्गामा कूल मूल्यको ३० प्रतिशत कर्जा पाउँदै आएका छन् । यस्तै उपत्यका बाहिर ४० प्रतिशत छ । यस्लाई सामान्य परिवर्तन गर्न लागिएको बताइएकाे छ । शेयर बजारमा जाने कर्जाका लागि पनि राष्ट्र बैंकले केही परिवर्तन गर्नेछ ।
सञ्चालक समितिले आर्थिक अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे