२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, ३० जेठ । नेपाल बैंकर्स संघले असारमा निक्षेप तथा कर्जाको व्याजदर स्थिर राख्ने निर्णय गरेको छ ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आज मंगलबार बसेको बैठकले मुद्दती निक्षेपमा दिँदै आएको ९.९९ प्रतिशतको व्याजलाई यथावत् राख्ने निर्णय गरेको हो । यस्तै, संस्थागत मुद्दती निक्षेपको व्याजदर ७.९९ प्रतिशत नै हुने संघले जनाएको छ ।
बैंकहरुले बचतमा ५.४ देखि ७.४ प्रतिशतको ब्याजदर दिदै आएका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमाको प्रक्रिया सुरु गरेकोले मौद्रिक नीति अगाडि निक्षेपको ब्याजदर नचलाउने निर्णय गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे