२०८० मंसिर १७, आईतबार
काठमाडौँ, १७ असोज । अमेरिकाले सन् २०२५ का लागि डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ।
नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरेर बुधबार राति ९:४५ बजेबाट डीभी भर्न सकिने जानकारी दिएको हो। कात्तिक २१ गते रातिको १०ः४५ बजेसम्म डीभी भर्न सकिनेछ।
अमेरिकी दूतावासले यो डीभी कार्यक्रममा सहभागी हुन शुल्क नलाग्ने उल्लेख गरेको छ। आफैंले आवेदन दिन सकिने भएकाले कन्सल्टेन्टको सहयोग नलिन दूतावासले सुझाव दिएको छ।
आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारका सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न र जसले सहयोग उपलब्ध गराए पनि आफ्नो आवेदनका लागि आवेदक स्वयं जिम्मेवार हुने जनाइएको छ।
डीभी आवेदन https://dvprogram.state.gov/मा गएर आफै भर्न सकिने दूतावासले जनाएको छ। डीभी भर्दा पतिपत्नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य भएको उल्लेख छ।
त्यसैगरी, एक जनाका लागि एउटा आवेदन दिन पाइनेछ। डीभी भर्नका लागि हालसालै खिचिएको फोटो आवश्यक पर्नेछ। दूतावासले अघिल्ला वर्षमा डीभी भर्न वैध र म्याद बाँकी रहेको राहदानी आवश्यक भए पनि अहिले म्याद बाँकी भएको राहदानी हुनु अनिवार्य नभएको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे