२०८१ श्रावण १२, शनिबार
काठमाडौँ ,९ जेठ – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमती दिएको छ। धनुषा जिल्ला अदालतमा पेश गरिएका उनलाई न्यायाधीश चुरामन खड्काको इजलासले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो तर प्रहरीले भने सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । मङ्गलवार कान्तिपुरको कार्यालयबाटै उनी पक्राउ परेका थिए ।
जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो। सिरोहियाको नागरिकतामाथी प्रश्न उठाउदै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो। प्रहरीले पक्राउ पुर्जी जारी नगरी सिरोहिया अदालत गएका थिए।
१६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप लगाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे