२०८० आश्विन १४, आईतबार
प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालबीच आज बुधबार एमसीसी टेबल नगर्ने र त्यसबारे बिहीबार सत्ता गठबन्धनमा छलफल गर्ने निर्णय भएको दाहालको सचिवालयले जनाएको छ ।दलहरूकै बीचमा सहमति नजुटेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । कांग्रेसबाहेक सत्ता साझेदार सबै दल एमसीसी संसद्मा पेश गर्न नहुने पक्षमा उभिएका छन् ।सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरिरहेको छ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल र राष्ट्रिय जनमोर्चाले यथास्थितीमा एमसीसी पास गर्न नदिने जनाउँदै विरोधमा उत्रेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे