
रामेछाप ,१७ वैशाख | ओखलढुङ्गामा शनिबार अपराह्नमा लागेको चट्याङमा परेर एक महिलाको ज्यान गएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका –२ तोपडाँडाकी ५७ वर्षीया देवमाया बुढाथोकीको मृत्यु भएको हो ।
घरभित्रै बसिरहनुभएकी बुढाथोकीलाई चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि रामेछापको मन्थली अस्पतालमा लैजाने क्रममा ज्यान गएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे