२०८० मंसिर १४, बिहिबार
झापा, जेठ १० । झापा प्रहरीले एकै रातामा चार वटा सटर फोडी चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका ५ आमबाडी बस्ने ५६ वर्षीय सविलाल खवास रहेका छन् ।
यही जेठ ३ गते राति खवासले झापामा शिवसताक्षी नगरपालिका–६ शिवगञ्ज बजारमा लगातार श्रृङ्खलाबद्ध रूपमा चार वटा सटर फोडी चोरी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार उनको घरबाट चोरीका सामान, नगद र चोरी भएको अवस्थामा प्रयोग भएका फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहितका सामान प्राप्त भएको छ ।
उनी उपर झापा जिल्ला अदालतबाट चोरी मुद्दामा सात दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे