• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

डिजिटल विस्तारसँगै बदलिँदो विज्ञापन बजारबारे ‘आन’को अन्तरक्रिया, एआईदेखि सामाजिक सञ्जालसम्मका चुनौती र अवसरमा केन्द्रित छलफल

९ घण्टा अघि
२

सशस्त्र प्रहरी विद्यालयको आर्थिक अनियमितता प्रकरणमा दुई पक्राउ

११ घण्टा अघि
३

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वार्टरफाइनलमा, मोरक्कोले क्यानडामाथि प्रभावशाली जित निकाल्दै इतिहास रच्यो

१२ घण्टा अघि
४

इरानमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि सुरु

१२ घण्टा अघि
५

ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया कानुनी रूपमा अघि बढाउने सरकारको निर्णय

१२ घण्टा अघि
६

भारतसँग युवा स्तरको सम्बन्ध विस्तार गर्ने पहल, ८८औँ ‘नो इन्डिया प्रोग्राम’का लागि आवेदन माग

१३ घण्टा अघि
७

प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान पुनःतालिका, यात्रुलाई यात्रा योजना मिलाउन आग्रह

२ दिन अघि
८

स्वास्थ्य सेवा विभागले बजेटबाहिरबाट प्राप्त २७ करोडभन्दा बढी वैदेशिक सहायता कार्यक्रममै समावेश गरेन

२ दिन अघि
९

अनावश्यक परीक्षण नगर्न र सेवा नरोक्न स्वास्थ्य बिमा बोर्डको आग्रह

२ दिन अघि
१०

संवैधानिक परिषद्को बैठक बस्दै

२ दिन अघि
११

उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

२ दिन अघि
१२

बालेन सरकारको १०० दिनबारे बाबुरामले भने- फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८० चैत्र २८, बुधबार (२ साल अघि)

दानव जातिको ‘ल्योसिं’लाई जात्रा गरी देवगणका नाइके भैरवनाथको उदय भएको पर्वका रूपमा मनाइने परम्परा नै बिस्का जात्राको प्रमुख विशेषता

  • 2,682 Views
  • भक्तपुर, चैत २८। आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक विस्का जात्रा भक्तपुरमा मंगलबारबाट सुरु भएको छ । भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर अघिबाट भैरवनाथको रथ प्रतिस्पर्धात्मक रूपमा तानातान गर्दै जात्रा सुरु भएको हो ।

    प्यागोडा शैलीको तीनतले मन्दिर स्वरूपको भैरवनाथको रथलाई टौमढीभन्दा माथिल्लो टोलले तानेर लग्नसके दतात्रयसम्म र टौमढीभन्दा तल्ले टोलका बासिन्दाले तानेर लानसके वंशगोपालसम्म रथ लाने परम्परा रहेको छ ।

    भक्तपुरको माथिल्लोपट्टि र तल्लोपट्टिका युवाहरूले साँझ ५ बजेदेखि रथ तानातान प्रतिस्पर्धा सुरु गरे पनि साँझ साढे ७ बजेसम्म सो प्रतिस्पर्धा चलेको थियो । साँझ ७ बजेपछि मात्र माथिल्लो टोलका स्थानीयले रथ आफ्नो टोलमा लान सफल भएका थिए ।

    प्रतिस्पर्धात्मक रूपमा तानातान हुँदा झडप हुने भएकाले भक्तपुर नगरपालिका, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयले बर्सेनि झडप हुन नदिन आवश्यक सुरक्षा प्रबन्ध मिलाउने गरेको छ ।

    काठैकाठको प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथका मूल देवतालाई मन्दिरको पहिलो तलामा राखेपछि र रथको अग्र भागको लामो काठ (बेतसीं)मा बेताल देवतालाई विराजमान गराएपछि रथ तान्ने प्रतिस्पर्धात्मक परम्परा सुरु हुने गर्छ । पाँचतले मन्दिर प्रांगणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलले होस्टेमा हैंसे गर्दै रथ तानेको रोमाञ्चित दृश्य हेर्न हजारौंको भीड लागेको थियो ।

    नेपाल भाषामा बिस्का जात्रा भनिने जात्रालाई नेपाली भाषामा बिस्केट लेख्न थालिएपछि सरोकारवालाले चासो राख्दै आएका छन् । काठमाडौं उपत्यकामा मनाइने अन्य जात्राभन्दा भिन्नै अस्तित्व र मातृसत्ताको पतन भएको अवसरमा बिस्का जात्रा मनाइने गरिएको बताइन्छ ।

    मातृसत्ताका रूपमा रहेको दानव जातिको ‘ल्योसिं’लाई जात्रा गरी देवगणका नाइके भैरवनाथको उदय भएको पर्वका रूपमा यसलाई मनाइने गरिन्छ । काशी विश्वनाथ भैरवले जितेर दानवी शक्तिको पराजय भएकाले यसलाई विश्व जात्रा पनि भन्ने गरिन्छ ।

    ‘ल्योसिंद्यो’को नामले पुकारिने लामो सल्लाको काठमा विश्व ध्वजा उडाइने भएकाले यसलाई विश्वका जात्रा भन्दै बिस्का जात्रा भन्ने गरेको एकथरी इतिहासविद्को भनाइ छ ।

    काठमाडौं उपत्यकामा मनाइने अन्य जात्रा नेपाल संवत्नुसार मनाइने भए पनि बिस्का जात्रा भने विक्रम संवत्नुसार मनाइने गरिन्छ । नयाँ वर्ष सुरु हुनुभन्दा चार दिनअघि भैरवनाथको रथ तानिएपछि चैत मसान्तमा ५५ हात लामो ल्योसिंद्यो (सल्लाको काठ) ठड्याउने गरिन्छ । भक्तपुरमा बिहान तालाक्व टोलमा हात नभएको ल्योसिंद्यो ठड्याइन्छ भने बेलुका ल्योसिंखेलमा हात भएको ल्योसिंद्यो ठड्याइन्छ । ल्योसिंखेलमा चैतको अन्तिम दिन ठड्याइएको ल्योसिंद्यो १ वैशाखमा ढाल्ने परम्परा नै बिस्का जात्राको प्रमुख विशेषता रहेको छ ।

    बिस्काको पहिलो दिन टौमढीस्थित पाँचतले मन्दिर प्रांगणबाट भैरवनाथ र भद्रकालीको रथ क्वने र थनेका बासिन्दाले रथको अगाडि र पछाडिबाट तानातान गरेर आआफ्नो टोलतर्फ लैजाने परम्परा छ । मंगलबार अपराह्न ५ बजेपछि तानिएको भैरवनाथको रथ गःहिटीमा पु¥याई पहिलो दिनको जात्रा सम्पन्न गर्नुपर्ने परम्परा रहेको छ । विगतका वर्षहरूमा रथमा जथाभावी मानिस बस्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न जुसी बजु, कर्माचार्य, तलेजुका मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्तिलाई बस्न नदिने भनेर विगत दुई दशकदेखि निर्णय गरिँदै आएको छ । यसरी निर्णय गर्ने गरिए पनि यसपाली पनि सो निर्णय कार्यान्वयन हुन सकेन । जसले गर्दा सोही विषयमा रथ तान्ने र रथमा बस्नेहरूबीच मंगलबार पनि विवाद उत्पन्न भएको थियो ।

    ३० चैतमा ल्योसिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिंगो ठड्याइने तयारी गरिएको भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले बताए । उनले १ वैशाखमा अपराह्न ५ बजेभित्र लिंगो ढाल्ने र ५ वैशाखमा अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्नेगरी कार्यतालिका बनाइएको जानकारी दिए ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिस्का जात्रामा हुलदंगा हुन नदिन र शान्तिपूर्ण रूपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको बताइन् । उनले जात्राको रथ तान्ने कार्य ३ बजे सुरु गरेर ६ बजेसम्म सम्पन्न गर्ने भनिए पनि जात्रा भने रातिसम्म जारी रहेको थियो ।

    जात्रा भड्काउन खोज्ने, ढुंगा हान्ने र हुलदंगा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने प्रजिअ श्रेष्ठको भनाइ छ । जात्रा व्यवस्थापनको मद्दतका लागि काठमाडौंबाट समेत थप प्रहरी ल्याइएको छ ।

    तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पु¥याई फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पु¥याएपछि पहिलो दिनको रथयात्रा बिसर्जन गरिन्छ ।

    एकथरी इतिहासविद्ले शिशिर वसन्तको कथालाई जोडेर अजिंगरको स्वरूप हुने नागनागिनी मारिएको खुसियालीका साथ यो जात्रा मनाउन थालिएको बताउँदै आएका छन् । नागनागिनीको अन्तिम इच्छानुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिंगो ल्योसिंखेलमा ठड्याउने गरेको कथालाई बिस्का जात्रासँग जोडिने गरिएको छ ।

    ३० चैतमा ठड्याइने लिंगो भक्तपुरको चित्तपोलस्थित सल्लाघारी जंगलबाट तान्त्रिक विधिनुसार पूजा गरी ल्याइने गरिन्छ । लिंगोमा राख्ने ध्वजा एक जोडी र लिंगो ठड्याउने आठवटा डोरी रहेका हुन्छन्, जसमा अष्ट मातृका गण अंकित हुन्छ ।

    बिस्का जात्राका क्रममा २ वैशाखमा थिमीमा जिब्रो छेड्ने जात्रा र सिन्दुर जात्रा पनि हुने गर्छ । ३ वैशाखमा भक्तपुरका विभिन्न ठाउँमा नवदुर्गागणसँग सम्बन्तिध देवी देवताहरूको जात्रा हुने गर्छ ।

    यसैगरी, ४ वैशाखमा भने भैरवनाथको नेतृत्वमा रहेका नवदुर्गा गणसँग सम्बन्धित देवताहरूलाई टोलटोलमा राखेर सगुन दिने प्रचलन रहेको छ । राक्षसी राज्यका रूपमा रहेको ल्योसिं जातलाई पराजित गरी विश्व भैरवनाथले देवराज्य सुरु गरेको सम्झनास्वरूप भक्तपुरमा नवदुर्गा गणलाई विशेष पूजा गर्ने परम्परा रहेको छ ।

    प्रत्येक वर्षको ५ वैशाख जात्राको अन्तिम दिन भएकाले सो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित टौमढी भैरवको रथलाई पहिलो दिनमा झैं तानातान गरी विजेता टोलले लाने परम्परा रहेको छ । यद्यपि, अन्त्यमा तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवका मुख्य देवता र भैरवको मूर्तिलाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।

    नेपाल संवत् २६८ अर्थात् लिच्छवी कालभन्दा अगाडिदेखि यो जात्रा मनाउने गरेको अनुमान छ । यसलाई मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको एवं त्यही प्रचलन आजसम्म चल्दै आएको छ ।

    इतिहास एवं संस्कृतिविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्का जात्रा पूर्व मध्यकालतिर ३ सय वर्षभन्दा बढी समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइने गरिएको थियो । तर, उपत्यकाको राजनीतिक विखण्डनलगायत १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफ्नो केन्द्रीय राजनीतिक–प्रशासनिक महत्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राका रूपमा मात्र सीमित रहन पुग्यो । यद्यपि, यो जात्रा अहिले पनि ललितपुरको सुनाकोठी, काठमाडौंको टोखा, भक्तपुरको दधिकोट, थिमी, साँगालगायतका क्षेत्रमा हर्षोल्लासका साथ मनाइने गरिन्छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    डिजिटल विस्तारसँगै बदलिँदो विज्ञापन बजारबारे ‘आन’को अन्तरक्रिया, एआईदेखि सामाजिक सञ्जालसम्मका चुनौती र अवसरमा केन्द्रित छलफल
    ९ घण्टा अघि

  • २

    सशस्त्र प्रहरी विद्यालयको आर्थिक अनियमितता प्रकरणमा दुई पक्राउ
    ११ घण्टा अघि

  • ३

    एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वार्टरफाइनलमा, मोरक्कोले क्यानडामाथि प्रभावशाली जित निकाल्दै इतिहास रच्यो
    १२ घण्टा अघि

  • ४

    इरानमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि सुरु
    १२ घण्टा अघि

  • ५

    ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया कानुनी रूपमा अघि बढाउने सरकारको निर्णय
    १२ घण्टा अघि

  • ६

    भारतसँग युवा स्तरको सम्बन्ध विस्तार गर्ने पहल, ८८औँ ‘नो इन्डिया प्रोग्राम’का लागि आवेदन माग
    १३ घण्टा अघि

  • ७

    प्राविधिक समस्याका कारण नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान पुनःतालिका, यात्रुलाई यात्रा योजना मिलाउन आग्रह
    २ दिन अघि

  • ८

    स्वास्थ्य सेवा विभागले बजेटबाहिरबाट प्राप्त २७ करोडभन्दा बढी वैदेशिक सहायता कार्यक्रममै समावेश गरेन
    २ दिन अघि

  • ९

    अनावश्यक परीक्षण नगर्न र सेवा नरोक्न स्वास्थ्य बिमा बोर्डको आग्रह
    २ दिन अघि

  • १०

    संवैधानिक परिषद्को बैठक बस्दै
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

    नेपाल नक्सा
    २

    विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु

    नेपाल नक्सा
    ३

    असार १६–१७ मा भारी वर्षाको पूर्वानुमान, झापावासीलाई सचेत रहन आग्रह

    नेपाल नक्सा
    ४

    लेखापरीक्षण र जनशक्ति व्यवस्थापनमा सरकारी संस्थानको बेथिति, मन्त्रालयलाई सुधारको सुझाव

    नेपाल नक्सा
    ५

    मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा,पर्यटक र स्थानीयलाई उच्च गतिको इन्टरनेट

    नेपाल नक्सा
    ६

    एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution