
काठमाडौँ , २६ भाद्र | नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदेश्य बनाए सफल भइने बताएका छन् ।
उनले भने , ‘म आफ्नो विगत र इतिहासलाई फर्केर हेर्छु म कास्कीमा गरिब परिवारमा जन्मेको हुँ । खान लाउन नपाउने भएपछि चितवन सरेको हो । मेरो पढाइ लेखाइ सबै त्यहीँ भयो। एसएलसी गर्दैगर्दा युवाहरू छलफल भयो। त्यहाँ राजनीतिलाई ट्र्याकमा ल्याउन आवश्यक भन्ने निष्कर्षको साथ लागेको हुँ।राजनीति ट्र्याकमा आए सबै क्षेत्रको विकास हुने र राजनीतिमा निरंकुशता को अन्त्य हुनुपर्ने उनले बताए ।
उनले भने ,’म गौरव ठान्छु, मैले युद्धको कमाण्ड गरे सुप्रिम कमाण्डर बने विस्तृत शान्ति सम्झौताको नेतृत्व गरे ।’ अहिले दुई नम्बरी काम गरेर भए पनि मान्छेले जसरी पनि छिटो पैसा कमाउन प्रवृत्ति हावी भएको छ । देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् ।
उनले देशको अर्थतन्त्र झनै पछाडी धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्नेमा उनले जोड दिए ।उनले भने कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नेपाल र नेपालीहरुको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे