
काठमाडौँ , २३ भाद्र | गायक शिव परियारले बलात्कारको नाममा व्यवसाय फस्टाएको र यसको भण्डाफोर गर्नु जरुरी रहेको बताएका छन् ।उनले आफनो फेसबुकमा लेखेका छन् ,बलात्कारी गिरोहको उपचार तत्काल नगर्ने हो भने कलात्कारीहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो ।कूपया अनुसन्धान होस !
उनले लेखेका छन् ,होइन भने बलात्कारी आरोपको प्रधानमन्त्री मेयर, कलाकार,संस्कृतविद्, वैज्ञानिक, किसान, शिक्षाविद्, खेलाडी, सामाजसेवी सबैमाथि बलात्कारको आरोप लाग्ने र नेपाल बलात्कारीको देश भनेर विश्व मानचित्रमा दर्ज हुन बेर लाग्ने छैन ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागे पछि गायक परियाले यस्तो बताएका हुन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे