
काठमाडौँ , २२ भाद्र | नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन्।बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै उनले आफू उपमहासचिवका रुपमा संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका छन्।
४ भदौमा अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका थिए । तेस्तै प्रचण्डले नेता तथा अर्थमन्त्री जनार्दन शर्मालाई उपमहासचिव बनाएका थिए ।
उपमहासचिवमा ओवादीले गिरिराजमणि पोखरेल,जनार्दन शर्मा ,पम्फा भुसाल, हरिबोल गजुरेल , शक्ति बस्नेत , वर्षमान पुन र मात्रिका यादवको नाम उल्लेख गरेको छ ।
कार्यक्रममा उनले भने, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे