
काठमाडौँ, १६ भाद्र । मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका उम्मेदवारहरूले लौरो अभियान घोषणा गर्नै भएका छन् ।काठमाडौँ क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका सुमन सायमीको नेतृत्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्न लागेका हुन् ।
बिहीबार दिउँसो पत्रकार सम्मेलन मार्फत उनीहरूले चुनाव चिन्ह लौरो र साझा घोषणापत्र सार्वजनिक गर्नेछन् ।
सायमी गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका थिए । उनले बालेन्द्रको विजय जुलुसमा साथ दिएका थिए ।
काठमाडौंको र धरानको मेयरमा विजयी भएपछि लौरो चुनाव चिन्ह चर्चामा रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे